2026-06-17 06:26 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पीडित विद्यार्थीले बनाए भूकम्पको वास्तविक चित्र

2018-03-30

मीना घोरसाइने/चैत १६, काठमाडौँ | भूकम्पबाट पुग्न गएको क्षतिको सम्झना गर्दै विद्यालय पढ्ने बालबालिकाले चित्रमा उतारेका छन् । चित्रमा भूकम्पका समयमा भएका विविध घटनालाई सम्झना गर्दै बालबालिकाले चित्रमार्फत प्रस्तुत गरेका हुन् । 

“भूकम्पमा बालबालिकालाई बढी क्षति भएको ठानेर नै आफूले भोगेका कुरालाई चित्रमा उतारेकी हुँ ।” धादिङकी कक्षा– ९ मा अध्ययनरत विमला तामाङले भन्नुभयो, “चित्र बनाइसकेपछि मनमा भएको डर केही हदसम्म हराएको थियो ।” भूकम्पपछि मानिसमा मेलमिलापको भावना पाएको र त्यसलाई आफूले चित्रमा उतारेको उहाँले बताउनुभयो । 

चित्रकलामा सहभागी अर्की रामेछापकी छात्रा रञ्जु तामाङले आफूले भोगेको कुरालाई चित्रमा उतार्न सजिलो भएको बताउनुभयो । 

चित्र–संग्रहमा विद्यालय विद्यार्थीले भूकम्पमा भएका क्षति, विभिन्न दातृ निकायले गरेको सहयोगको प्रतिविम्ब, भूकम्पपीडितले टहरामा जीवन बिताउदाको दुःखकष्टलगायत पुनःनिर्माणका गतिविधिलगायत सुन्दर नेपालको परिकल्पना चित्रमार्फत व्यक्त गरेका छन् । 

“इन्डुरेड इन्टरनेसनल” नामक संस्थाको सहयोगमा भूकम्प प्रभावित १२ वटा जिल्लाका बालबालिकालाई चित्रकलामा सहभागी गराइएको थियो । बालबालिकालाई भूकम्पसम्बन्धी गतिविधिमा सहभागी गराउनुपर्छ भन्ने उद्देश्यका साथ चित्रकला प्रतियोगितामा सहभागी गराइएको इन्टरनेशनलका प्रमुख डा गोपालकृष्ण सिवाकोटीले बताउनुभयो । 

“भूकम्पका बेला बालबालिकामा ठूलो त्रास बनाएको थियो । त्यसले उनीहरुमा बनाएको प्रतिविम्बलाई उतार्न सक्छन् भनेर नै सहभागी गराएका हौं ।” सिवाकोटीले बताउनुभयो । 

काठमाडौँमा चित्र–संग्रह लोकापर्ण कार्यक्रमको आयोजना गरी इन्टरनेशनलले पुस्तकका रुपमा विमोचन गरेको थियो । आज आयोजित कार्यक्रममा प्रतिनिधिसभाकी उपसभामुख डा शिवमाया तुम्बाहाम्फेले चित्रमा विद्यार्थीले बनाएको चित्रको खुलेर प्रशंसा गर्नुभयो । 

“बालबालिकाले आफ्नो भनाइ राख्न नसके पनि चित्रले दिएको सन्देशअनुरुप देशको निर्माण गर्न सके देश साँच्चै सुन्दर बन्ने थियो” उहाँले भन्नुभयो । चित्रले अहिलेसम्मकै नयाँ सन्देश दिन खोजेको उहाँले बताउनुभयो । 

यही आर्थिक वर्षभित्र धरहराको शिलान्यास गर्ने 

आर्थिक वर्ष २०७४÷७५ भित्रै धराहराको शिलान्यास गर्ने लक्ष्य राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले राखेको छ । धरहरालाई कंक्रिड र रडको प्रयोग गरी बनाउने लक्ष्य राखेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका कार्यकारी प्रमुख युवराज भुषालले बताउनुभयो । 

“धरहराभित्रै पार्किङ गर्ने गरी निर्माण गरिने लक्ष्य रहेको छ र सोहीअनुरुप काम गर्ने तयारी पूरा भइसक्यो ।” भुषालले भन्नुभयो । स्थायी सरकार निर्माण भएमा दुई वर्षभित्रै पुनःनिर्माणको काम पूरा भइसक्ने उहाँले बताउनुभयो । 

रानीपोखरीको विवाद पनि अहिले सुल्झिसकेको अवस्था छ । काठमाडौँं महानगरपालिकाले नयाँ आर्थिक वर्षबाट रानीपोखरीको पुनःनिर्माणको काम शुरु गर्ने जानकारी भुषालले दिनुभयो । 

पुनःनिर्माण प्राधिकरणले अपांग, सहाराबिहीन ७० वर्ष नाघेका वद्धवृद्धा, १५ वर्ष मुनिका सहाराविहीन बालबालिका र ६० वर्ष माथिका एकल महिलाको लागि आवासको निर्माण गरिदिन तथ्यांक निकालिसकेको जानकारी दिनुभयो । त्यस्ता वर्गमा जम्मा २४ हजार मानिसको तथ्यांक निस्किएको उहाँले जानकारी दिनुभयो । जसमा पाँच हजारले आफन्तको सहयोगमा आवासको निर्माण गरिसकेको र अन्यलाई आवास बनाइदिन गैरसरकारी संस्थासँग पहल गरिरहेको उहाँले जानकारी दिनुभयो । 

हाल जम्मा ७५३ ऐतिहासिक तथा सांस्कृतिक धरोहरमध्ये एक सयको पुनःनिर्माणको काम पूरा भइसकेको जानकारी उहाँले दिनुभयो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ