चैत २० काठमाडौ | नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। सोमबार प्रतितोला ५७ हजार ९ सय रुपैयामा कारोबार भएको छापावाला सुनको मूल्य आज प्रतितोला ५८ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ। यस्तै सोमबार प्रतितोला ५७ हजार ६ सय रुपैयाँमा कारोबार भएको तेजावी सुन पनि आज तीन सयले बढेको छ | आज तेजावी सुन ५७ हजार ९ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज चाँदी प्रति तोला ७ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।