2026-08-31 06:57 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

भारतमा बर्डफ्लू देखिएपछि नेपालमा उच्च सतर्कता

नारायण अधिकारी/चैत २३ चितवन | भारतको नेपाली सीमा क्षेत्रमा कुखुरामा बर्डफ्लू देखिएपछि नेपालमा उच्च सतर्कता अपनाइएको छ । हालसम्म नेपालमा बर्डफ्लू अर्थात् एचफाइव एन वान देखिएको छैन । तर नेपालमा एभिएन इन्फ्लुन्जा एचनाइन लो प्याथोजेनिक संक्रमणले ठूलो संख्यामा कुखुरा मर्ने र उत्पादन घटेका कारण कृषक चिन्तित छन् । 

पशु सेवा विभागका महानिर्देशक डा विमलकुमार निर्मलका अनुसार नेपालका कुनै पनि क्षेत्रमा हालसम्म बर्डफ्लू देखापरेको छैन । यद्यपि भारतीय सीमा क्षेत्रमा बर्डफ्लु देखिएका कारण त्यसका निकटमा रहेका नेपालको रुपन्देही, कपिलवस्तु, नवलपरासी र चितवन जिल्लामा उच्च सतर्कता अपनाइएको छ । बिहीबार उच्चस्तरीय प्राविधिकको बैठक बसी आजबाटै सहसचिवको नेतृत्वमा ती जिल्लामा अनुगमन गर्ने निर्णय भएको उहाँले बताउनुभयो । 

प्रयोगशाला र सर्वेक्षणको समूहले स्थलगत रुपमा उच्च जोखिममा रहेका जिल्लामा अनुगमन गर्नेछ । ती जिल्लामा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहेको बर्डफ्लु नियन्त्रण समन्वय समितिको बैठक बसी उच्च सतर्कता अपनाउनका लागि काम थालेको उहाँले बताउनुभयो । 

भारतीय क्षेत्रबाट पोल्ट्रीजन्य पदार्थ ल्याउन प्रतिबन्ध लगाइएको बताउँदै उहाँले केही दिनअघि चितवनमा ठूलो मात्रामा भारतबाट ल्याइएको कुखुराको मासु नियन्त्रण गरी नष्ट गरिएको बताउनुभयो । गर्मी महिनामा बर्डफ्लु नदेखिने भए पनि एचनाइनको प्रकोप बढ्दै गएका कारण सीमा क्षेत्रमा रोग देखिएकाले जैविक सुरक्षा अपनाउन विशेष निर्देशन दिइएको पनि महानिर्देशक निर्मलले बताउनुभयो । 

केन्द्रीय पशुरोग अन्वेषण प्रयोगशाला टेकुका प्रमुख डा डिकरदेव भट्टले बढी मात्रामा चितवनबाट नमूना आइरहेको बताउँदै हालसम्म बर्डफ्लुको समस्या नदेखिएको बताउनुभयो । उहाँले भन्नुभयो, “जे जति नमूना आएका छन्, सबै एचनाइनका छन् ।” एचनाइनसँगै भाइरल, ब्याक्टेरियल र माइक्रोप्लाज्माको संक्रमण भएकाले कुखुरा मर्ने क्रम बढी भएको उहाँले बताउनुभयो । जैविक सुरक्षा अपनाएर कुखुरा बचाउनु नै अहिलेको उत्तम उपाय रहेको उहाँले बताउनुभयो । 

राष्ट्रिय पक्षी रोग अन्वेषण प्रयोगशाला भरतपुरका प्रमुख डा दयाराम चापागाईले हालसम्म नेपालमा गरिएको नमूना परीक्षणमा लो प्याथोजेनिक एचनाइन भेटिएको बताउनुभयो । देशका विभिन्न क्षेत्रबाट लो प्याथोजेनिक शंकास्पद देखिएमा यहाँ नमूना परीक्षण गर्ने गरिन्छ । थप शंका लागेमा यहाँबाट केन्द्रीय प्रयोगशालामा पठाइँदै आएको छ । 

चापागार्इंका अनुसार एचनाइनमा संक्रमणपछि खाना घटाउने, अण्डा उत्पादन आधा घट्ने र सात आठ प्रतिशत कुखुरा मर्ने गर्छ । कतिपय खोरमा अहिले त्योभन्दा बढी कुखुरा मरेका कारण एचनाइनको मल्टिइन्फेक्सन भएका कारण हो । बर्डफ्लु हुँदा भने तीन चार दिनमै शतप्रतिशत कुखुरा मर्ने गर्छ भने यो रोग मानिसमा पनि सर्ने सम्भावना हुन्छ । 

उहाँले भन्नुभयो, “एचनाइन सिंगल भएको भए मृत्युदर कम हुन्थ्यो, मल्टी इन्फेक्सन भएर मृत्युदर बढ्दै गएको हो ।” जिल्लाबाट संकलित नमूना परीक्षणका लागि काठमाडौँ पठाइएकामा एचनाइन प्रमाणित हुँदै आएको उहाँले जानकारी दिनुभयो । 

पोल्ट्री महासंघका अध्यक्ष गुणचन्द्र विष्टले नेपालमा एचनाइन भ्याक्सिन ल्याउन नपाएका कारण यसले ठूलो क्षति किसानले व्यहोर्नु परेको बताउनुभयो । केहीले लुकीछिपी भ्याक्सिन ल्याउने गरेको भन्दै उहाँले सहजरुपमा भ्याक्सिन ल्याउन पाएमा यति ठूलो क्षति किसानले व्यहोर्न नपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “हरेक वर्ष नेपालमा रु एक अर्ब हाराहारी एचनाइनका कारण नोक्सानी व्यहोर्नु परेको छ ।” 

निजी क्षेत्रको सहभागितासमेत भएको निर्देशन समिति भएको भए पनि समितिलाई बेवास्ता गरेर विभागले काम गरेका कारण किसानले नोक्सान व्यहोर्नु परेको उहाँले बताउनुभयो । 

नेपालमा पोल्ट्री क्षेत्रमा रु ७० अर्बभन्दा बढी लगानी भएको व्यवसायी बताउँछन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली भोटेकोशी बाढी र पहिरोको कहर: ९२१ शव फेला, ४ हजार १४१ अझै सम्पर्कविहीन कीर्तिपुरमा महिलामाथि दुर्व्यवहार गर्ने तीन युवा पक्राउ भोटेकोशी बाढीपछि जलविद्युत् सुरुङमा उद्धार अभियान तीव्र भोटेकोशी बाढी संकटबारे प्रधानमन्त्री बालेनले सुरक्षा निकायका प्रमुखसँग छलफल थाले रसुवा बाढी : बगेर भारत पुगेका ४ जनाको शव नेपाल ल्याइयो बाढी र पहिरोले देशभरका विभिन्न राजमार्ग अवरुद्ध कांग्रेस संसदीय दलको बैठक बस्दै भोटेकोशी बाढीको कहर: ९०३ जनाको शव फेला, ४ हजार २४७ अझै सम्पर्कविहीन सुनको मूल्यमा भारी गिरावट शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला त्रिशूली जलविद्युत् आयोजनाको सुरुङबाट २०८ जनाको उद्धार