१ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सोलुखुम्बु ४२ औ पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

३ बैशाख २०७५, सोमबार ०७:४०

वैशाख ३ सोलुखुम्बु | सोलुखुम्बु ४२ औं पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा भएको छ । आइतबार आंैपचारिक कार्यक्रमको आयोजना गरेर सोलुखुम्बुलाई पूर्ण खोप सुनिश्चितता भएको जिल्ला घोषणा गरिएको हो । 

सदरमुकाममा भव्य ¥याली र कार्यक्रम गरेर सोलुखुम्बुबाट निर्वाचित प्रतिनिधिसभाका सदस्य हेमकुमार राई सुरवीरले सोलुखुम्बुलाई पूर्ण खोप सुनिश्चिता घोषणा गर्नुभयो । 

जिल्ला जनस्वास्थ्य कार्यालय सोलुखुमबुबाट शुरु भएको ¥यालीले जिल्ला प्रशासन कार्यालय परिसर हँुदै जिल्ला समन्वय समितिको हलमा गएर कार्यक्रममा परिणत भएको थियो । 

जिल्ला खोप समन्वय समितिको आयोजनामा भएको कार्यक्रममा प्रतिनिधिसभा सदस्य राईसँगँै प्रदेशसभा सदस्य वुद्धिकुमार राजभण्डारी, राष्ट्रिय खोप समन्वय समितिको सचिवालयका प्रतिनिधि, जिल्लाका सम्पूर्ण स्थानीय तहका प्रमुख, सरकारी कार्यालय प्रमुख एवं प्रतिनिधि, स्वास्थ्यकर्मीको सहभागिता रहेको थियो । 

कार्यक्रममा बोल्दै सांसद हेमकुमार राईले जिल्लाको विकासको सूचकको रुपमा पूर्ण खोपयुक्त जिल्ला बनेकोमा सम्पूर्ण सोलुखुम्बुवासीलाई बधाई दिनुभयो । “संघीयता कार्यान्वयनका अभ्यासका क्रममा रहेकाले थुप्रै चुनौती रहेपनि यस्लाई अवसरमा परिणत गर्न सक्नुपर्छ” उहाँले भन्नुभयो । 

सोलुखुम्बु प्रदेशसभा ‘ख’ का सांसद एवं नेकपा एमाले प्रदेश नं १ का प्रमुख सचेतक वुद्धिकुमार राजभण्डारीले संघीयता कार्यान्वयनमा एकजुट भएर पार्टीगत रुपमा नभई जनपक्षीय रुपमा काम गर्न आब्हान गर्नुभयो । 

जिल्ला जनस्वास्थ्य कार्यालयले पूर्ण खोपको अभियानमा एक हजार ९२४ जना बालबालिकालाई खोप दिएको छ । 

आर्थिक वर्ष २०७४ सालबाट शुरु भएको पूर्ण खोप कार्यक्रम साविक तिङ्ला गाविसबाट शुरु भएको थियो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र ‘दुई सय ८ रोपनी सार्वजनिक जग्गा फिर्ता’ सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक एमाले अध्यक्षमा ओली र पोखरेलको उम्मेदवारी दर्ता