पढ्न करिब 1 मिनेट लाग्छ

वैशाख १२ भोजपुर | भोजपुरका प्रत्येक वडामा आश्रयस्थल बनाउने निर्णय गरिएको छ ।

आज बसेको जिल्ला दैविप्रकोप उद्धार समितिको बैठकले विपद् जोखिम न्यूनीकरण गर्न स्थानीय तहले प्रत्येक वडामा आश्रयस्थल बनाउने निर्णय गरेको हो ।

प्रमुख जिल्ला अधिकारी फणीन्द्र दाहालको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले स्थानीय तहमै स्थानीय विपद् व्यवस्थापन समिति गठन गरी कार्य गर्नुपर्ने भएको छ । स्थानीय तहले सुरक्षाकर्मी रेडक्रसलगायतसँग समन्वय गरेर विपद् व्यवस्थापनको आवश्यकीय सामग्री स्टक राख्नुपर्ने समेत निर्णय गरेको छ ।

प्राकृतिकरुपमा घट्न सक्ने विपत्तिबाट व्यवस्थापनका लागि यस्तो निर्णय गरिएको सहायक प्रजिअ उपेन्द्र न्यौपानेले जानकारी दिनुभयो । दुई नगरपालिकासहित सात गाउँपालिका रहेको भोजपुरमा ८१ वडा रहेका छन् । रासस