२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ताप्लेजुङ्ग - TPL

पाँचथर जोड्ने काबेली नदीको पुल जोखिममा

२० बैशाख २०७५, बिहीबार ०५:३८

वैशाख २० ताप्लेजुङ | ताप्लेजुङ र पाँचथरलाई जोड्ने काबेली नदी माथिको मोटरेबल पुल जोखिममा परेको छ । 

निर्माणाधीन काबेली ‘बी’ जलविद्युत् आयोजनाले पुलको बेवास्ता गर्दै पूर्वाधारको निर्माण गरेकाले ताप्लेजुङको पाथीभरा याङवरक र पाँचथरको याङ्वरक गाउँपालिकालाई जोड्ने उक्त पुल जोखिममा परेको हो । 

पुल आसपासमै पूर्वाधारको निर्माण गरिएकाले दुवैतर्फका जिप जीर्ण बन्दै गएका छन् । जिपसँगैको भागलाई खनेर सडकको रुपमा प्रयोग गरिएको छ । यस्तै पाँचथरतर्फको भागमा पर्ने पुलको जिपसँगै जोडेर पेनस्टक पाइपलाइन विस्तार गरिएकाले पुलको अवस्था थप जीर्ण बन्दै गएको छ । 

पुल माथिको भागसमेत माटो र ढुंगाले भरिएर खाल्डाखुल्डी परेको छ । पाइप गाड्नका लागि जिपकै छेउमा खाल्डो खनिएकाले विगत केही दिनदेखि पुलको मुनिबाट सवारीसाधन ओहोरदोहोर गरेका थिए । 

पाँचवर्ष अघि रु नौ करोडको लागतमा निर्माण गरिएको पुलको नियमन गर्ने निकाय इलाम सडक डिभिजन कार्यालय भने पुल जीर्ण बन्दासमेत मौन रहेको छ । कार्यालयको बेवास्ताकै कारण पुल माथिको भागमा माटोले भरिएर पानी समेत पस्न थाले पछि हिलाम्मे बनेको छ । यो पुल भत्किए ताप्लेजुङ र पाँचथरका धेरै गाउँपालिकाका बासिन्दा प्रभावित हुनेछन् । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान