२०८३, २ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ताप्लेजुङ्ग - TPL

पाँचथर जोड्ने काबेली नदीको पुल जोखिममा

२०७५, २० बैशाख बिहीबार ०५:३८

वैशाख २० ताप्लेजुङ | ताप्लेजुङ र पाँचथरलाई जोड्ने काबेली नदी माथिको मोटरेबल पुल जोखिममा परेको छ । 

निर्माणाधीन काबेली ‘बी’ जलविद्युत् आयोजनाले पुलको बेवास्ता गर्दै पूर्वाधारको निर्माण गरेकाले ताप्लेजुङको पाथीभरा याङवरक र पाँचथरको याङ्वरक गाउँपालिकालाई जोड्ने उक्त पुल जोखिममा परेको हो । 

पुल आसपासमै पूर्वाधारको निर्माण गरिएकाले दुवैतर्फका जिप जीर्ण बन्दै गएका छन् । जिपसँगैको भागलाई खनेर सडकको रुपमा प्रयोग गरिएको छ । यस्तै पाँचथरतर्फको भागमा पर्ने पुलको जिपसँगै जोडेर पेनस्टक पाइपलाइन विस्तार गरिएकाले पुलको अवस्था थप जीर्ण बन्दै गएको छ । 

पुल माथिको भागसमेत माटो र ढुंगाले भरिएर खाल्डाखुल्डी परेको छ । पाइप गाड्नका लागि जिपकै छेउमा खाल्डो खनिएकाले विगत केही दिनदेखि पुलको मुनिबाट सवारीसाधन ओहोरदोहोर गरेका थिए । 

पाँचवर्ष अघि रु नौ करोडको लागतमा निर्माण गरिएको पुलको नियमन गर्ने निकाय इलाम सडक डिभिजन कार्यालय भने पुल जीर्ण बन्दासमेत मौन रहेको छ । कार्यालयको बेवास्ताकै कारण पुल माथिको भागमा माटोले भरिएर पानी समेत पस्न थाले पछि हिलाम्मे बनेको छ । यो पुल भत्किए ताप्लेजुङ र पाँचथरका धेरै गाउँपालिकाका बासिन्दा प्रभावित हुनेछन् । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री कार्यालयको नाम लिएर फोन गरी धम्की दिने १ जना पक्राउ अमेरिकामाथि नेपालको सानदार जित वीरगञ्ज भन्सारबाट १० महिनामा झन्डै दुई खर्ब रुपैयाँ राजस्व संकलन दुल्लुका वडा सचिवलाई धम्की दिनेलाई तत्काल कारबाही गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुन्धारा कारागारबाट महिला कैदी फरार काठमाडौँ उपत्यकाभित्र सञ्चालनमा रहेका विभिन्न कन्सल्टेन्सीमा प्रहरीको छापा, ६९ सञ्चालक पक्राउ नेपालविरुद्ध पहिले ब्याटिङ गर्दै अमेरिका ५६ लाखको अवैध भेपसहित सात जना पक्राउ ट्राफिक कारबाहीमा एकै दिन २० लाख ३९ हजार राजस्व सङ्कलन दमकमा नेपाली खाना पकाउने प्रतियोगिता सहित फुड फेस्टिभल सुरु, ६६ जना प्रतिष्पर्धी सहभागी कांग्रेसले बोलायो केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक सात खर्ब ५५ अर्ब पुग्यो बेरुजु अनुदानमा उपलब्ध गराएको रासायनिक मलको कालोबजारी गर्नेलाई कारबाही गरिने नयाँ सामग्री खरिद नगर्न निर्देशन मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु राष्ट्रपति पौडेलसँग राष्ट्रसंघीय प्रतिनिधिको भेट सुनचाँदीको मूल्यमा गिरावट राष्ट्रपतिले गरे नियुक्ति, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन हामीले सरकारको विरोध गर्ने होइन, राम्रो कामको समर्थन गर्नुपर्छ: गगन थापा प्रधानमन्त्री जवाफ दिन नआए हाम्रो पार्टी बाहिरिनेछ : हर्क साम्पाङ