2026-09-08 03:41 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सल्यानमा बिधुतिय करेन्ट लाग्दा एक बालक गम्भीर घाइते

वैशाख २०, सल्यान | बनगाड कुपिण्डे नगरपालिका वडा न ११ को सिङगौरे नजिकै  मंगलबार बिहान बिधुतको करेन्ट लाग्दा बनगाड कुपिण्डे नगरपालिका वडा न ११ गहराका अन्दाजी ९ वर्षका आदर्श जङ्ग शाह गम्भीर घाइते भएका छन । 

घाइते शाहको सम्पुर्ण शरीर करेन्ट लागेर जलेको र अहिले उनको काठमाडौ स्थिति कान्ति बाल अस्पतालमा उपचार भैरहेको घाइते शाहका ठुला बुवा तर्क बहादुर शाहले जानकारी दिएका छन । घर बाट बालुवा सङ्ग्रही बजारमा मंगलबार बिहान दिदी सङ्ग दूध बिक्री गरेर घर फर्कदै गर्दा बाटोमा जथाभावी बिधुतका तारहरु चुडिएर बाटोमा नै रहेकाले फर्कदा खेरी करेन्ट लागेको दिदी विद्या शाहले जानकारी दिएकी छ्न । बिधुत लाइन बिस्तार भई सुचारु भएको पनि कसैलाई जानकारी नदिएको र कुनै संचार माध्यममा तथा उद्धघाट समेत नगरी समिति बिधुतिय पोलहरुमा मात्र बिधुत लाइन छाडेको र जनताहरुले जानकारी नदिएको  कारण यस्तो घटना हुना गएको स्थानीयको भनाइ छ । 

 बनगाड कुपिण्डे नगरपालिका वडा न ११ को बालुवा सङ्ग्रही बाट बनगाड कुपिण्डे नगरपालिका वडा न ७ को ढोरपीपलको लागि लाइन लगिएको थियो । उक्त ठाउँमा नेपाल बिधुत प्राधिकरण सल्यान र निर्माणकार्य जिम्मा लगेको निर्माण कम्पनीको चरमा लापरबाहीका कारण बिधुतिय तारहरु जथाभावी काचो रुखहरुमा बाधिएर राखिएको छ । यता तिर भने कसैको ध्यान गएको छैन । बिधुत कार्यालय सल्लीबजारका एक कर्मचारीका अनुसार बिधुतिय क्षमता भन्दा कमसल खालको तार प्रयोग गरेको र लाइन छोडदा वा हावाहुरी लाग्दा तारहरु जथाभावी छुडिएर जाने भएकोले जतिबेला पनि करेन्ट लाग्ने सम्भावना रहेका बताएका छन । 5KV क्षमताको  तार आवस्यकता परेको ठाउँमा पनि 3KV को क्षमता भन्दा कम पावरको तार प्रयोग गरेको र कार्यालय प्रमुखलाई जानकारी गराउदा कुनै चासो नदिएको एक कर्मचारीले नाम नभने भन्दै बताएका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ