Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

पाँचथरमा घरघरमै धारा जडान भएपछि स्थानीय हर्षित

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

जेठ  ४, पाँचथर । पाँचथरको फिदिम नगरपालिका–११ स्थित डाँडागाउँमा घरघरमा धारा निर्माण भएपछि त्यस क्षेत्रका स्थानीय हर्षित भएका छन् ।

त्यस वडामा रहेका ६९ घरधुरीका प्रत्येक घरमा धारा निर्माण भएपछि स्थानीय हर्षित भएका हुन् । यस्तै एउटा मुहान र चारवटा बिपी ट्यांकी निर्माण गरिएको छ ।

ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति (फन बोर्ड) तथा हुसाडेक नेपालको रु ३६ लाख ५० हजार आर्थिक सहयोग, तथा स्थानीयको रु २३ लाख जनश्रमदान र प्रशासनिक खर्च रु एक लाख ५० हजार गरी कूल रु ६१ लाखको लागतमा आयोजनाको निर्माण कार्य सकिएको समन्वयकारी संस्था नेपाल रेडक्रस सोसाइटी, जिल्ला शाखा पाँचथरका कार्यकारी अधिकृत तथा यस आयोजनाका टिम लिडर गुरुराज तिम्सिनाले जानकारी दिनुभयो ।

गत ०७४ असारमा शुरु भएको आयोजना १० महिनापछि ०७४ चैतमा सकिएको जल वर्ने खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष यज्ञविक्रम न्यौपानेले जानकारी दिनुभयो ।

यसअघि धारा निर्माण हुनुपूर्व त्यहाँ पानीको विकराल समस्या रहेको उहाँले बताउनुभयो । कुवाको पानी बोकेर खानुपर्ने बाध्यता रहेको थियो तर अब त्यो समस्याबाट आफूहरु मुक्त भएको उहाँले बताउनुभयो । रासस