२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

भारतसँगको सिमानाका १६ सीमा स्तम्भ गायब, पिल्लर गाडिएको स्थानसमेत फेला परेन

७ जेष्ठ २०७५, सोमबार ०९:२२

जेठ ७ पाँचथर | नेपाल भारतसँगको सिमाना जोडिएको पाँचथरको सीमावर्ती क्षेत्रमा १०३ साना पिल्लरमध्ये १६ वटा गायब भएको पाइएको छ। 

सीमामा १०३ साना पिल्लरमध्ये ८७ वटा मात्र भेटिए। चार वटा पिल्लर गाडिएको स्थानसमेत फेला परेन। बाह्रवटा पिल्लर राखिएको ठाउँ फेला परे पनि सीमा स्तम्भ भने नभेटिएको र भेटिएका ८७ पिल्लर मर्मत गर्नुपर्ने अवस्था रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बामदेव गौतमले बताउनुभयो । उहाँका अनुसार त्यस ठाउँमा नेपाल प्रहरीको टोलीले स्थलगत अवलोकन गर्दा पिल्लरको अवस्था यस्तो रहेको जनाएको हो । 

जिल्लाको सीमावर्ती क्षेत्रमा पर्ने नौ जंगे पिल्लर भने भेटिएका छन्। तीमध्ये दुई पिल्लर जीर्ण छन् एउटा जंगे पिल्लर पहिरोका कारण जोखिममा परेको पाइएको अवलोकन र अवलोकन गरी फर्किनुभएका प्रहरी हबलदार काजीमान लिम्बूले बताउनुभयो । उहाँका अनुसार जिल्लाको सीमावर्ती क्षेत्रमा एउटा मात्र मझौला पिल्लर छ, त्यो पनि मर्मत गर्नुपर्ने देखिएको छ। पाँचथरमा पर्ने सीमा स्तम्भको जिल्ला प्रहरी कार्यालयका प्रहरी हबल्दार काजीमान लिम्बू र प्रहरी जवान चन्द्र चौहानले अवलोकन गर्नुभएको थियो । 

अवलोकनका क्रममा पिल्लर नं ३५÷१, ३७, ३८, ४३ र ४३÷३ गरी जम्मा पाँच वटा पिल्लरको अवस्था अज्ञात रहेको, पिल्लर नं. ३९ र ४० फेला नपरेको तर पिल्लर रहेको स्थान (खाल्डो) देखिने, पिल्लर नं ३६ र ४३÷१ भाँच्चिएको अवस्थामा गाडिएको फेला परेको प्रहरी हबलदार लिम्बूले बताउनुभयो । पिल्लर ४१ र ४२÷१को नम्बर नबुझिने गरी सिमेन्ट उक्किएर मर्मत गर्नुपर्ने अवस्थामा रहेको, पिल्लर नं ४१÷१, ४३÷२, ४४÷१, ४४÷२ सामान्य अवस्थामा रहेको पाइएको प्रहरीको प्रतिवेदनमा उल्लेख छ । 

पिल्लर नं ४४ सामान्य रहेको तर उक्त पिल्लरको नं ४४ हुनुपर्नेमा ४२÷२ उल्लेख भएको, ४२÷२ नं. को पिल्लर अभिलेखमा नरहेको उक्त पिल्लर ४३÷३ र ४४र१ को बीचमा रहेकोले ४४ नं. को पिल्लर सोही हुनुपर्ने देखिएको छ । बाँकी पिल्लर नं ३५, ३६÷१, ४१÷२, ४१÷३, ४२, ४४÷३, ४५, ४५÷१, ४५÷२ राम्रो अवस्थामा रहेको पाइएको छ । निर्माण भएको धेरै लामो समय हुनु, समय समयमा मर्मत तथा सम्भार नहुनु, बिकट स्थानहरुमा रहेका पिल्लहर राम्रो अवस्थामा फेला पर्नु तर गोरेटो बाटो रहेको स्थान र मानिस सजिलै पुग्ने स्थानमा रहेका सीमा स्तम्भहरु जीर्ण हुनु तथा हराउनुमा स्थानीय गोठाला एवं तिम्बु पोखरी जाने पर्यटकहरुले हल्लाउने तथा भत्काउने गरेकाले पिल्लरहरु हराएको वा जीर्ण अवस्थामा पुगेको हुन सक्ने प्रहरीको भनाइ छ । 

प्रहरीको टोलीले सीमा स्तम्भको अवस्था, सीमा क्षेत्रको अवस्थामबारे पनि अवलोकन गरेको थियो  । अवलोकनले तत्काल सीमा स्तम्भ मर्मत र संरक्षण गर्नुपर्ने देखाएको छ। तीन प्रकारका पिल्लरमध्ये जंगे र मझौलाभन्दा साना पिल्लरको संरक्षण तत्काल थाल्नुपर्ने अवस्था छ ।् प्रहरी टोलीले दुई चरणमा सीमा सर्वेक्षण गरेको थियो।रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन