२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

किराती सभ्यताको उद्गमस्थल तुवाचुङ जयाजुङ

१५ जेष्ठ २०७५, मंगलवार ०५:२३

चिसाङ शेर्पा/जेठ÷१५ खोटाङ | खोटाङ सदरमुकाम दिक्तेलबाट पश्चिमतर्फ बसमा डेढ घण्टा, बाइकमा एक घण्टा र त्रिधार्मिक तीर्थस्थल हलेसीबाट अगाडी पुर्वपट्टि बसदेखी आधा घण्टामा पुग्न सकिने धार्मिक तथा पर्यटकीय स्थल हो ‘तुवाचुङ जयाजुङ’ डाडाँ अर्थात किराती सभ्यताको आदिम उद्गम थलो ।

पछिल्लो समयमा टाढा टाढाका दुरबस्तीहरु नियाल्न, फोटो खिच्न अधिंकास मानिसहरु पुग्ने तुवाचुङ जयाजुङ डाडाँ आन्तरिक पर्यटक तान्ने एउटा महत्वपुर्ण गन्तब्य स्थल बन्दै गएको छ । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा समुन्द्री सतहबाट १७ सय ५८ मिटर उचाईमा पर्ने तुवाचुङ जयाजुङ डाडाँ आन्तरिक पर्यटनका लागि जिल्लामा सवैभन्दा वढि विकसित हुदै गएको स्थान हो । 

आफंैमा उच्च उचाइमा रहेको डाडाँ पौराणिक किंवदन्ती, प्राकृतिक तथा कृतिम विभिन्न धार्मिक संरचनाहरुले तुवाचुङ जयाजुङ डाडाँ आफै चर्चामा छ । गएको मंसिर २ गते किराती सभ्यताका आदिम पुर्खाहरु तयामा, खियामा र रैछाकुलेको प्रतिमा प्रतिस्थापन र यातायात सुविधाका कारण डाडाँमा आउने मानिसको चाप बढ्दै जान थालेको छ । 

दिक्तेल–हलेसी सडकलाई काखमा बोकेर उभिएको डाडाँमा किराती किंवदन्ती अनुसार पातेसुङले दुई श्रीमती विवाह गरेका थिए । किरात राई योयाख्खा सदस्य तथा स्थानिय रकम रोदुङले भने,‘दिलीदुङका छोराछोरी तयामा, खियामा, भाई रैछाकुले हुन् । अर्का श्रीमती डाकुहमा चाहि निसन्तान थिई ।

तुवाचुङ जयाजुङ डाडाँमा किराती चेलीद्धय तयामा, खियामा दिदी बहिनीले कपास छर्ने र तान बुन्ने काम गर्थे । उहाँले भन्नुभयो, “तयामा, खियामाका भाइ रैछाकुले वरीपरी डाडाँमा शिकार खेल्ने गरेका कुरा पौराणिक किंवदन्तीमा पाईन्छ ।” किरातीहरुको आदिम उद्गम थलो, औधोगिक क्रान्तीको युग र मानविय पोशाकको सुरुवात भएको तुवाचुङ जयाजुङबाट नै अन्नको पहिचान भएको किराती किंवदन्तीमा पाईन्छ ।

तयामा खियामाका भाइ रैछाकुले डाडाँमा ढुकुर, चराचुरुङगीको शिकार गर्दथे हलेसी तुवाचुङ नगरपालिकाका मेयर इबन राईले बताउनुभयो । उनले चराचुरुङ्गीको गाँडमा भएको मकै, कोदो, जमिनमा फाल्दा उम्रेको देखे, मेयर राईले भने,“चराले खानेकुरा मान्छेले पनि खान हुन्छ भन्ने शिक्षा उनै रैछाकुलेबाट आएको हो ।”


बर्षमा दुइ पटक उभौली र उधौली साकेला पर्व मनाईने तुवाचुङ जयाजुङ डाडाँमा तान बुन्ने स्थान अहिले पनि अवलोकन गर्न सकिन्छ । सोही नगरपालिकाको महादेवस्थान वडाको नागिबाट २० मिनेटको जंगल उकालो पछि क्रमशः तान बुन्ने स्थान, तयामा खियामाको प्रतिमा, साकेला थान, रैछाकुलेको प्रतिमा, वाबु (चिण्डो), भुमे थान देख्न सकिन्छ । 

तयामा, खियामा, भाइ रैछाकुलेको प्रतिमा निर्माणमा देश विदेशबाट आर्थिक सहयोग गर्ने सहयोगदाताहरुको नाम सहितको विवरण नजिकै रहेको कृतिम ठूलो वाबु (चिण्डो)मा नामाकरण गरिएको छ । प्रतिमा प्रतिस्थापन गर्ने चर्चाकै कारण प्रतिमा प्रतिस्थापन अघि मनमोहक डाडाँमा रसुवा, लाङटाङ, भुटानमा बसोवास गरिहेका किराती पर्यटकहरु तुवाचुङ जयाजुङ डाडाँमा अवलोकनका लागि आएका थिए ।

किराती सभ्यताको उद्गम थलो तुवाचुङ जयाजुङ डाडाँमा उभिएर उत्तरतर्फ सल्ले, ओखलढुंगा, सोलुखुम्बु, सगरमाथा दक्षिणमामा सुनकोशी नदी, खाल्लेस्थित मनमाया राई खानीडाडाँ विमानस्थल, कालिका भगवती मन्दिर मझुवा, उदयरपुर जिल्लाको कटारी, सिराह, सप्तरी, सप्तकोशी, भारदह लगायतका पुर्वका १६ जिल्ला नियाल्न सकिन्छ । त्रिधार्मिक स्थल हलेसी महादेवस्थान देखी केही माथी रहेका कारण पनि तुवाचुङ जयाजुङ डाडाँ भविष्यमा उज्जवल भविष्य बोकेको पर्यटकीय स्थल हुन सक्ने स्थानियबासीको आशा छ ।  

नगरपालिका भित्रका किराती थातथलोका पहिचान गरी एकीकृत गूरुयोजनाका लागि जिओ फिजिकल सर्भे गरी सकिएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इबन राईले बताए । गूरुयोजना बनाइ नगरभित्र अन्य स्थानमा कहाँ कहाँ सांस्कृतिक, धार्मिक, पुरातात्विक स्थलहरु छन । त्यसलाई घेराबारा गर्नेछौ । उहाँले भन्नुभयो,“निकट समयमा तुवाचुङ जयाजुङ डाडाँमा किरात संस्कृतीको चिण्डो आकारको भ्यू टावर र खुल्ला संग्राहलय बनाउने योजनामा छौ ।” 

हाल दैनिकरुपमा आन्तरिक तथा बाह्य पर्यटक आउने तुवाचुङ जयाजुङ डाडाँमा खानेपानी, बस्ने फलैचा र शौचालयको आवाश्यक छ । तुवाचुङ जयाजुङ डाडाँको थप व्यवस्थित, प्रचारप्रसार, पर्यटन प्रवद्र्धनका लागि आवाश्यक मागहरु के के हुन् भनेर तुवाचुङ जयाजुङ संरक्षण समितिलाई लिखित पत्र नै बुझाई सकिएको नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो