पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>जेठ १६ इलाम |</b> रुखले किचेर इलाममा मंगलबार एक व्यक्तिको ज्यान गएको छ । <br></p><p>दाउराका लागि रुख काट्ने क्रममा माई नगरपालिका–९, बोरुङका ५३ वर्षीय जंग देवानको मृत्यु भएको हो । घर नजिकैको जंगलमा दाउरा काट्ने क्रममा आफैँले ढालेको रुख आफैँतिर ढल्दा देवानको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, इलामले जानकारी दिएको छ । देवानको घटनास्थलमा नै मृत्यु भएको जनाइएको छ । </p><p>रुखले थिचेर मृत्यु भएको अवस्थामा आफन्तले देवानलाई फेला पारेका थिए । रासस</p>

