२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्वकप फुटबलको उद्घाटन खेल: पहिलो हाफमा रूसको २ गोल

३१ जेष्ठ २०७५, बिहीबार १५:५९

जेठ ३१, मस्को | विश्वकप फुटबलको शनिबार भएको उद्घाटन खेलमा नेपाली समय अनुसार साँझ ८:४५ बजे साउदी अरब र आयोजक राष्ट्र रूसबीच खेल शुरु भई अहिले हाफ टाइम भएको छ । 

उद्घाटन समारोहमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले संक्षिप्त सम्बोधन गरी खेलमा आउने पाहुनासँगै खेलाडीहरूलाई स्वागत गरेका थिए । त्यसपछि फिफा अध्यक्ष जियानी इन्फान्टिनोको सम्बोधन भयो र लगत्तै पहिला साउदी अरब र पछि रूसी समूहले राष्ट्रिय गान गाएपछि खेल शुरु भएको थियो । 

रूसको राजधानी मस्कोमा रहेको लुझनिकी रङ्गशालामा विश्वकप फुटबलको भव्य समारोहकाबीच उदघाटन भएको छ । 

रूसको तर्फबाट इगोर अकिनफिवको नेतृत्वमा इल्या कुपेटोभ, सेर्गेई इग्नाशेभिक, इयुरी गाजिन्स्की अलान जागोभ, रोमान जोवनिन, अलेक्साण्डर गोलोभिन, यूरी जर्कोभ, अलेक्साण्डर सामेडोभ, फेडर स्मोलोभलगायतको टोली खेल्दैछ । रूसको प्रशिक्षकमा स्टानिसलाभ चेर्सेसोभ रहनुभएको छ । 

यसैगरी साउदी अरबतर्फ अब्दुल्लाह अल–मुआइयोउफ ओसामा हासावी (क्याप्टेन), ओमार हावसावी, मोहम्मद अल–बुरायक, येसेर अल–शाहरानी, सलमान अल–फराज, याहिया अल–सेहरी, अब्दुल्लाह ओतायफ, तैसिर अल–जसाम, सालेम अल–दावसारी, मोहम्मद अल–साहलावीलगायत खेल्दैहुनुहुन्छ भने स्पेनी नागरिक जुवान एन्टिोनियो पिजी प्रशिक्षकको भूमिका निर्वाह गर्नुहुनेछ । 

बिहीबारको खेल अर्जेन्टिनी रेफ्रीको उपस्थिती रहेको छ । पहिलो पटक विश्वकपमा भिडियो एसिस्टेन्ट रेफ्रीको प्रयोग गरिने भएको छ । 

उद्घाटन खेल शुरू हुनु अघि असी हजार दर्शक क्षमता भएको यो स्टेडियममा ५०० कलाकारहरुले उद्घाटनका समय आफ्नो प्रस्तुती दिएका थिए । 

फुटबलको महाकुम्भ मानिने यस खेलको उद्घाटन समारोहमा इङ्गल्याण्डका पपस्टार राबी विलियम्स र स्पेनका प्लासिडो डोमिगोले आकर्षक प्रस्तुतिका साथ उद्घाटन समारोहलाई मनोरञ्जन प्रदान गर्नुभएको थियो । कलाकारहरू जुआउन डिएगो फ्लोरेज र गरीफुल्ल्निाले पनि उद्घाटनमा आफ्नो प्रस्तुती राख्नुभएको छ । 

स्टेडियमको सुरक्षाका लागि ३० हजार सुरक्षाकर्मी परिचालन गरिएको छ भने खेलका समय आइपर्नसक्ने भवितब्यलाई ध्यान दिँदै रूसले लडाकु विमानहरुलाई पनि तयारी अवस्थामा राखेको बताइएको छ । 

विश्वकपको हालसम्मको इतिहासलाई हेर्दा हालसम्म कुनै पनि आयोजक राष्ट्र उदघाटन खेलमा हारेका छैनन् । तत्कालीन सोभियत संघले (रुस)ले १९७० मा मेक्सिकोमा भएको विश्वकप उदघाटन खेल खेलेको थियो । यो खेल बराबरी भएको थियो । रूस आयोजक राष्ट्र भएकाले यसको तयारी खेललाई भब्य बनाउने भएपनि साउदी अरब पनि कम आक्न सकिने समूह होइन । 

साउदी अरबले चलाएको बलसँगै खेलको उद्घाटन भएको छ । भने खेलमा रूसले पहिलो गोल गरी आफूलाई प्रभावशाली समूहको रूपमा प्रस्तुत गरेको छ । पहिलो गोल गर्न ३२ वर्षीय रूसी खेलाडी इयुरी गाजिन्स्की सफल भए । उहाँले पहिलो हाफको १५ मिनेटभित्रै गोल गर्न सफल हुनुभएको छ । यसै गरि खेलको पहिलो हाफमै रुसले अर्को गोल हान्दै आफ्नो पक्षमा २ गोल बनाएको छ ।  साउदीले भने कुनै गोल गर्न सकेको छैन । 

- Photo: fifa.com 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य