2026-10-23 04:12 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हामी कम्युनिस्टहरू निराश हुने होइन, आशावादी हुने हो: माधवकुमार नेपाल

2026-06-20

काठमाडौँ | नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालले वर्तमान विश्व परिस्थितिलाई निराशा र सम्भावनाका दुवै पक्षबाट हेर्नुपर्ने बताएका छन् । नेपाल बुद्धिजीवी संगठनको एकता राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले केही मानिसले सबै कुरा बिग्रिएको भन्दै निराशाको प्रचार गरिरहेको उल्लेख गरे । अर्कोतर्फ, वास्तविक जटिलतालाई बेवास्ता गरेर केवल सकारात्मक पक्ष मात्रै हेर्ने प्रवृत्ति पनि रहेको उनको भनाइ थियो ।

उनले भने, ‘अहिले हामी जुन विश्वमा बाँचेका छौं, जुन अवस्थामा उभिएका छौं, यसका दुईवटा पाटा छन् । कसैकसैले निराशा देखिरहेका छन्, सबै बर्बाद भयो भन्ने मात्र ठानिरहेका छन् । र उनीहरूले निराशाको प्रचार गरिरहेका छन् । अर्कोतर्फ निराशालाई वास्तै नगरी एउटै पाटोलाई मात्रै हेरेर चल्ने पनि प्रवृत्ति हुनसक्छ ।’

उनले आफूहरू द्वन्द्ववादी दृष्टिकोणमा विश्वास गर्ने भएकाले जटिलता र सम्भावना, निराशा र आशा दुवैलाई सँगसँगै विश्लेषण गर्ने बताए । निराशा चिर्नका लागि त्यसका कारण पहिचान गरी समाधान खोज्नुपर्नेमा जोड दिँदै उनले रोगको पहिचान नगरी उचित उपचार सम्भव नहुने उल्लेख गरे । वास्तविक अवस्था पहिला बुझ्न आवश्यक रहेको उनको भनाइ थियो । उनले भने, ‘हामी द्वन्द्ववादी हौं । जटिलतालाई पनि हेर्छौं, सम्भावनालाई पनि हेर्छौं। निराशालाई पनि हेर्छौं, आशालाई पनि हेर्छौं । निराशा कसरी चिर्नुपर्छ, त्यसको उपाय पनि खोज्छौं । पहिला रोग पत्ता लगाउनुपर्छ । रोग पत्ता लगाएनौं भने उचित उपचार दिन सक्दैनौं । वास्तविकता पहिला पत्ता लगाउनुपर्छ।’

उनले अब पार्टीभित्र आत्मचिन्तन र मन्थन गर्नुपर्ने आवश्यकता रहेको बताए । कम्युनिस्टहरू आशावादी भएर सबै खालका चुनौतीको सामना गर्नुपर्नेमा जोड दिँदै उनले नेपालको सन्दर्भमा राजनीतिक प्रतिस्पर्धा र संघर्षबीच कम्युनिस्ट आन्दोलन अघि बढिरहेको धारणा व्यक्त गरे ।

उनले भने, ‘हामी कम्युनिस्टहरू निराश हुने होइन, आशावादी हुने हो । त्यो आशावादी भएर हामीले सबै खालका चुनौतीको सामना गर्ने हो। नेपालको सन्दर्भमा पनि चर्चा गर्ने हो भने धेरै उथलपुथलको बीचबाट उतारचढावको बीचबाट नेपालको कम्युनिस्ट आन्दोलन अगाडि बढेको छ । विभिन्न राजनीतिक शक्तिहरूसँग प्रतिस्पर्धा गर्दै प्रतिगामी शक्तिहरूलाई चुनौती दिँदै नयाँ इतिहास रचना गर्ने काममा पनि कम्युनिस्टहरूले नै महत्त्वपूर्ण भूमिका खेलेका छन्। यो सबै अवस्थाभित्र अहिले खासगरी २०७९ सालको निर्वाचनपश्चात निकै ठूलो परिवर्तन देखा परेको छ । अहिलेको ०८२ सालको चुनावले कल्पना नगरेको परिणाम प्राप्त गरेका छौं। यो हाम्रा लागि निकै ठूलो शिक्षा पनि हो । अब आफूभित्र आत्मचिन्तन र मन्थन गर्नुपर्ने आवश्यकता छ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ