२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सल्यानको कपुरकोट गाउँपालिकाले सवारी कर लगाउँदै

२०७५, ४ असार सोमबार ११:५१

असार ४ सल्यान। सल्यानको कपुरकोट गाउँपालिकाले सवारी कर र निकासी कर लगाउने भएको छ । सोमबार गाउँपालिकाका उपाध्यक्ष तथा राजस्व परामर्श समितीका संयोजक तिला बुढा मगरको अध्यक्षता र गाउँपालिका अध्यक्ष भिम बहादुर सेनको विशेष उपस्थीतीमा बसेको बैठकले गाउँपालिकाले स्तरवृद्धि गरेका सडकमा सवारी कर लगाउने निर्णय गरेको हो ।


यस्तै गाउँपालिका क्षेत्रबाट निकासी हुने वस्तुमा पनि कर लगाउने भएको छ । कती कर लगाउने भन्ने कुरा गाउँसभाले टुंगो लगाउने सूचना अधिकारी जीवराज खत्रीले जानकारी दिएका छन्।

बैठकले आगामी आर्थिक वर्षमा आन्तरिक श्रोतबाट ३० लाख रुपैयाँ उठ्ने अनुमान गरेको छ । चालु आर्थिक वर्षमा वडा कार्यालय र गाउँपालिका राजस्व शाखाबाट गरि जम्मा राजस्व रकम ११ लाख ७५ हजार रुपैयाँ उठेको शाखा प्रमुख विष्णु आार्यले जानकारी दिए ।


यस्तै सोमबार बसेको राजस्व परामर्स समितीको बैठकले आगामी आर्थिक वर्षमा गाउँपालिकामा लगाउने करको बारेमा थपघट र संशोधन गर्नुका साथै राजस्व संकलन र परिचालन निती बनाइ यसका लागी सुधार योजना समेत निर्माण गरेको समितीका सदस्य कमल घर्तीले जानकारी दिए ।

यसैविच आगामी असार १० गते गाउँसभामा निती, कार्यक्रम र बजेट प्रस्तुत गर्ने तयारीमा रहेको कपुरकोट गाउँपालिकाले वडाहरुमा बजेट सिलिङ पठाएको छ । समानिकरण अनुदान ७ करोड २१ लाख, चालू खर्च कटाइ बच्न आउने केन्द्रीय राजस्व बाँडफाड तर्फको एक करोड, प्रदेश समानिकरण अनुदान ४९ लाख ४१ हजार र आन्तरिक श्रोत ३० लाख गरि ९ करोड ४१ हजार मध्ये गाउँपालिकाबाट नीती, कार्यक्रम र योजना कार्यान्वयनका लागी आवश्यक बजेट व्यवस्था गरि साना योजना छनौटका लागी ६ वटै वडाहरुमा बजेटको सिलिङ पठाएको प्रमुख प्रशासकिय अधिकृत सुवास रिजालले बताए ।

जस अनुसार वडा नम्बर १ मा ३० लाख ७५ हजार, वडा नम्बर २ मा पनि ३० लाख ७५ हजार, वडा नम्बर ३ मा ३६ लाख ७५ हजार, वडा नम्बर ४ मा पनि ३६ लाख ७५ हजारको बजेट सिलिङ तोकिएको उनले बताए । यस्तै वडा नम्बर ५ मा ५६ लाख २५ हजार र वडा नम्बर ६ मा ४८ लाख ७५ हजारको दायरामा रहेर योजना छान्न निर्देशन गाउँपालिकाले दिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै