Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

रौतहटबाट धनकुटा जाँदै गरेको यात्रुवहाक बस दुर्घटना: ३४ जना घाइते

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

असार ५, धनकुटा | धनकुटाको भेडेटारस्थित भोजपुरे गोलाईमा यात्रुबस दुर्घटना हुँदा ३४ जना घाइते भएका छन् ।

रौतहटबाट धनकुटाको पाख्रिबास कृषि अनुसन्धान केन्द्रतर्फ अध्ययन भ्रमणको टोली लिएर आउँदै गरेको ना ५ ख ३३२८ नं को बस आज कोशी राजमार्गअन्तर्गत धनकुटाको साँगुरीगढी गाउँपालिका–६ भोजपुरे गोलाईमा ‘ब्रेकफेल’ भएर अनियन्त्रित हुँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

बस सडकबाट करीब १५० मिटर तल खोलामा खसेपछि बसमा रहेका सबै यात्री घाइते भएको ट्राफिक प्रहरी कार्यालय धनकुटाका प्रहरी जवान सूर्य सिवाकोटीले बताउनुभयो ।

बसमा सवार ३१ जना घाइते यात्रुलाई उपचारका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ भने तीन जना घाइतेको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी उपरीक्षक सुरेन्द्रबहादुर गुरुङले जानकारी दिनुभयो । रासस