२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

कपुरकोटको गाउँसभामा २३ करोड ४१ लाखको बजेट प्रस्तुत

२०७५, १० असार आईतवार ११:३७

शंकर के सी/असार १०, सल्यान । सल्यानको कपुरकोट गाउँपालिकाले भौतीक पूर्वाधार, कृषि तथा विद्युतीकरणलाइ प्राथमिकतामा राखेर निती, कार्यक्रम र बजेट प्रस्तुत गरेको छ । आइतबार गाउँसमामा प्रस्तुत भएको आर्थिक वर्ष २०७५÷०७६ को नीति, कार्यक्रम तथा बजेटमा ५ वर्षमा सबै वडा कार्यालयसम्म पक्की मोटरबाटो पुर्याइने तथा जताततै बाटोको ट्रयाक खोली वातावरण विनास गर्ने कार्यलाई निरुत्साहित गरिने उल्लेख गरिएको छ । 


नीती, कार्यक्रम र बजेट भाषण गर्दै गाउँपालिकाका उपाध्यक्ष तथा कार्यक्रम तथा बजेट तर्जूमा समितिका संयोजक तिला बुढा मगरले २३ करोड ४१ लाख ९८ हजार रुपैयाँ बराबरको अनुमानित बजेट प्रस्तुत गरिन् । 

जसमा राजश्व बाँडफाँडबाट चालु खर्च तर्फ रु ४ करोड ४६ लाख २४ हजार, पुँजीगत खर्च तर्फ १० करोड ५४ लाख ७४ हजार र सशर्त (शिक्षा, स्वास्थ्य, कृषि, पशु, महिला विकास, उर्जा र खेलकुद) शिर्षकमा रु ८ करोड ४१ लाख रहेको छ । गाउँपालिकाका अध्यक्ष भिम बहादुर सेनको अध्यक्षतामा भएको गाउँसभामा उनले गाउँपालिकाभित्र १५ शैयाको अस्पताल स्थापना गर्न १२ रोपनी जग्गा व्यवस्था गरिने उल्लेख गरिन् ।


यस्तै गाउँपालिकालाई सन् २०२१ भित्र पुर्ण सरसफाईयुक्त गाउँपालिका घोषणाका लागि बेमौसमी तरकारी खेतिले प्रसिद्ध कपुरकोट, सुन्दर, सफा र हराभरा गाउँपालिका बनाउने हाम्रो अठोट’  भन्ने मुल नाराका साथ विभिन्न अभियानहरु संचालन गरिने छ । 

जेष्ठ नागरिक सम्मानलाई निरन्तरता दिदै जेष्ठ नागरिकलाइ मनोरञ्जन तथा भजनकृतन स्थल निर्माण गरिने र सामाजिक सुरक्षा भत्ता बैंक मार्फत वितरण गर्ने तथा बैंकसम्म जान नसक्नेलाइ घरमै पुगेर भत्ता दिने व्यवस्था मिलाइने कुरा नीती र कार्यक्रममा समावेश गरिएको छ । 


उपाध्यक्ष बुढाले युवाहरुमा सिपको विकास गरी उद्यम गर्न र स्वदेशमै आफ्नै उत्पादनमा रमाउने वातावरण बनाउन ‘युवासंग गाउँपालिका कार्यक्रम’ लिइएको उल्लेख गरिन् । यस्तै गाउँपालिका अध्यक्ष कप आयोजना गर्ने देखि किसानलाइ प्रोत्साहन गर्ने कार्यक्रम पनि ल्याइएको छ । जसका लागी अनवरत रुपमा खेतीमा लागेर सबैको जीवन पाल्ने कृषकहरुलाइ सम्मान र प्रोत्साहन गर्न ‘समृद्धिको शान, हाम्रा किसान’  र  ‘किसानसँग प्राविधिक’ भन्ने कार्यक्रम लिइएको छ । 

त्यस्तै ‘चेलिबेटि उद्यम’ तथा ‘दिदिवहिनीसंग उपाध्यक्ष’ कार्यक्रम, ‘हाम्रो जीवनमा राम्रो शिक्षा’ र खानपान र पोषण जस्ता कार्यमा विशेष ख्याल गर्न ‘स्वस्थ शरीर, सुखि जीवन’ कार्यक्रम सञ्चालन गर्ने कपुरकोटको निती र कार्यक्रममा समावेश गरिएको छ । यस्तै लोक कला संस्कृतीको संरक्षण गर्ने तथा आन्तरिक आय बढाउन एकिकृत सम्पत्ती कर लागु गर्नेजस्ता कार्यक्रम रहेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै