Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

जीप दुर्घटनामा मृत्यु भएका सातै जनाको सनाखत (नामावलीसहित)

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

असार १५, सोलुखुम्बु | जीप दुर्घटनामा मृत्यु भएका सातै जनाको सनाखत भएको छ ।

आज बिहान ८ बजे जिल्लाको नेचासल्यानबाट सल्लेरीतर्फ आउँदै गरेको जीप दुघर्टना हुँदा तीन पुरुष र चार महिलाको मृत्यु भएको प्रहरी निरीक्षक एवं सूचना अधिकारी प्रद्युम्नकुमार अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार मृत्यु हुनेमा जीप चालक उदयपुर सिरिसे– ८ निवासी ३१ वर्षीय कुसाङ तामाङ, सिरहा सनैखा निवासी ३६ वर्षीय शिवकुमार यादव र ओखलढुंगाको माम्खा– ५ बस्ने ४० वर्षीय श्यामकुमार राईको सनाखत भएको हो ।

यस्तै खोटाङ खाल्ले– ८ निवासी २४ वर्षीया कोपिला बस्नेत ९कार्की०, सोलुखुम्बुको नेचासल्यान– २ बस्ने अन्दाजी ३५ वर्षकी उर्मिला बास्तोला, सोही ठेगाना भएकी अन्दाजी २५ वर्षकी सुशीला खड्का र करीब– ८ वर्षीया सुष्मा खड्काको पनि मृत्यु भएको प्रहरी निरीक्षक अधिकारीले जानकारी दिनुभयो ।

बिहान नेचासल्यानबाट सल्लेरीतर्फ आउँदै गरेको ना १ ज १८६० नं को जीप साविक तिङ्ला–१ स्थित गुप्तेश्वर महादेवथान मन्दिर नजिकैको चिप्ले भिरमा खसेको थियो ।

जीप करिब एक किलोमिटर तल खसेको अनुमान गरिएकोे छ । जीपमा सवार सात जनामध्ये ६ जनाको घटनास्थलमै र एक जनाको उपचारका लागि काठमाडाँै लैजाँदै गर्दा मृत्यु भएको प्रहरी निरीक्षक अधिकारीले बताउनुभयो । रासस