Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

इलाममा ट्र्याक्टर दुर्घटना: एकको मृत्यु, पाँच घाइते

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>असार २५, इलाम |</b> इलामको माङसेबुङमा गएराति ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य पाँचजना घाइते भएका छन् ।&nbsp;<br></p><p>माङसेबुङबाट झापाको दमकतर्फ जाँदै गरेको ट्र्याक्टर माङसेबुङ गाउँपालिका–३ स्थित मानपुरमा दुर्घटना हुँदा घाइते हुनुभएका माङसेबङ गाउँपालिका–६ रक्सेका अन्दाजी २१ वर्षीय सरेन राईलाई उपचारका लागि अस्पताल लाँदै गर्दा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।&nbsp;</p><p>घाइते पाँचजनाको झापाको विभिन्न अस्पतालमा उपचार भइरहेको र ट्र्याक्टर चालक विक्रम लावती भने फरार रहेको बताइएको छ । रासस</p>