Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

बालमैत्री स्थानीय शासन अवलम्बन गर्ने प्रक्रियामा स्थानिय सरकार

२०७५, ३० असार शनिबार १२:१२

शंकर के सी/असार ३०, सल्यान। बाल बचाउ, बाल संरक्षण तथा बाल विकास र निर्णय प्रक्रियामा उनीहरुको सहभागीता जस्ता सवाललाइ सल्यानको कपुरकोट गाउँपालिकाले व्यवहारमै लागू गर्ने भएको छ । 


बालबालिकाहरु बाल श्रमिकका रुपमा होटल तथा ब्यक्तिको घरमा श्रमिक हुनु पर्ने,  दुर्गम तथा विपन्न, सीमान्तकीकृत समूदायका बालबालिकाहरु शिक्षा र स्वास्थ्यको पहुँचबाट टाढा बस्नु पर्ने तथा बिद्यालय गएकै बालबालिकाहरु पनि कक्षा छाड्ने समस्या विद्यमान रहेकाले यसलाइ न्युनिकरण गर्न स्थानीय सरकार प्रतिवद्ध भएर लाग्ने भएको हो ।


दुई दिन सम्म चलेको बालमैत्री स्थानीय शासन सम्बन्धी अभिमुखिकरणको समापन अवसरमा बोल्दै कपुरकोट गाउापालिकाका अध्यक्ष भिम बहादुर सेनले आफ्नो गाउँपालिका बालबालिकाको हक हित संरक्षणमा अझै कटिबद्ध भएर लाग्ने प्रतिवद्धता व्यक्त गरे । 

तरकारि खेती व्यापक रुपमा हुने यस क्षेत्रका बालबालिका भारि बोक्नुपर्ने, आमाबाउ संगै इटाभट्टामा गएर काम गर्नुपर्ने जस्ता समस्याबाट गुज्रीरहेकाले यस्ता बालवालिकाको संरक्षणमा योजना बनाएर गाउँपालिका अगाडी बढ्ने बताए ।

उनले भने, ‘अव हामीले हाम्रो गाउँपालिकामका बालमैत्री स्थानीय शासन अवलम्बन गर्ने प्रक्रियामा छौँ । जसका लागी आवश्यक बजेट विनियोजन भइसकेको छ ।’ अहिले बालमैत्री स्थानीय शासनको अवधारणाको अभिमुखिकरण चलाइरहेको गाउँपालिकाले यो शासनको प्रवद्र्धन गर्न समिती गठन, नीती निर्माण र बालबालिकाको वस्तुगत विवरण संकलन गर्ने तथा बाल क्लवहरु गठन, विकास र परिचालन गरिने अध्यक्ष सेनले प्रतिवद्धता जनाए ।

भौतिक पूर्वाधारको विकासले मात्रै समृद्धि हाँसिल गर्न नसकिने भएकाले अभिमुखिकरणमा सहभागी वडा अध्यक्ष, कार्यपालिकाका सदस्यहरुलाइ गाउँपालिका अध्यक्ष सेनले बालबालिकामा पनि पर्याप्त लगानी गर्न आग्रह गरे । तालिममा कपुरकोट गाउँपालिकाभित्र रहेका सबै माध्यामिक विद्यालयबाट दुई जना छात्र, दुई जना छात्रा तथा जनप्रतिनिधीहरुको सहभागीता थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो