२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

भिजन आइडलको उपाधि मनोजले जिते

३ श्रावण २०७५, बिहीबार ०६:३४

साउन ३, ओखलढुंगा |  भिजन आइडलको उपाधि मानेभञ्ज्याङका मनोज कुमार राईले जितेका छन् । ओखलढुंगामा सम्पन्न आइडलको सिजन २ मा सहभागी २ सय ५२ जनालाई पछाडी पार्दै राई आइडल बनेका हुन् । 

ओखलढुंगा, खोटाङ, उदयपुर र सिन्धुलीका नव प्रतियोगीहरुले प्रतिस्पर्धा गरेको आइडलमा खोटाङकी प्रवृती राई फष्टरनरप र सुनकोशीकी सरिता तामाङ सेकेण्ड रनरप भएका छन् । 


भिजन आइडलको टप टेनमा मानेभञ्ज्याङ गाउँपालिकाका विशु राई, नरेन्द्र राई, जितेन्द्र दियाली र मनोज कुमार राई, चिशंखुगढीका प्रकाश वि.क, सुनकोशीका सरीता तामाङ र प्रशान्त तामाङ, उदयपुरको लिम्चुङबुङ गाउँपालिकाका सुजन राई,सुनशेर चाम्लीङ र खोटाङको दिप्रुङकी प्रवृती राई छानिएका थिए । 

उनिहरुले बुधबार फाईनलमा प्रतिस्पर्धा गरेका थिए । 


भिजन आईडलमा प्रथम हुनेले शिल्ड, मेडल र प्रमाण पत्रको साथमा नगद रु २५ हजार, द्वितिय हुनेले मायाको चिनो, मेडल र प्रमाण पत्रको साथमा नगद रु १५ हजार, तृतिय हुनेले  मायाको चिनो, मेडल र प्रमाण पत्रको साथमा नगद रु १० हजार प्राप्त गरेका छन् । उत्कृष्ट दश लाई मेडल र प्रमाण पत्र प्रदान गरिएको छ भने अडिसनमा सभागिहरु सबैले प्रमाणपत्र पाएका छन् । उत्कृष्ट प्रतियोगिहरुलाई रेकर्डिङ स्टुडियोहरुमा समन्वय गरी गीत रेकर्डिङमा सहयोग गरिने आयोजकले जनाएको छ ।

सञ्चारका क्षेत्रमा काम गर्ने संस्था भिजन नेपालले स्थानीय स्तरमा लुकेर रहेका प्रतिभाको थप विकास गरि कला र संस्कृतीको विकासमा जोड दिने उद्धेश्यले भिजन आइडल नाम दिएर एकल गायन प्रतियोगिता सञ्चालन गरेको भिजनका अध्यक्ष पूर्णप्रसाद न्यौपानेले बताए । विजेतालाई प्रतिनिधिसभा सदस्य यज्ञराज सुनुवारले पुरस्कार हस्तान्तरण गरेका थिए । 

भिजनले वर्षमा १ पटक नृत्य र १ पटक गायन प्रतियोगिता आयोजना गर्दै आएको छ । भिजन नेपालको वार्षिक उत्सवका अवसरमा साउन २ मा एकल गायन र भिजन एफएमको वार्षिक उत्सवमा फाल्गुण २ मा एकल नृत्य प्रतियोगिता हुँदै आएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य