Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

भिजन आइडलको उपाधि मनोजले जिते

By kit 5 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

साउन ३, ओखलढुंगा |  भिजन आइडलको उपाधि मानेभञ्ज्याङका मनोज कुमार राईले जितेका छन् । ओखलढुंगामा सम्पन्न आइडलको सिजन २ मा सहभागी २ सय ५२ जनालाई पछाडी पार्दै राई आइडल बनेका हुन् ।

ओखलढुंगा, खोटाङ, उदयपुर र सिन्धुलीका नव प्रतियोगीहरुले प्रतिस्पर्धा गरेको आइडलमा खोटाङकी प्रवृती राई फष्टरनरप र सुनकोशीकी सरिता तामाङ सेकेण्ड रनरप भएका छन् ।

भिजन आइडलको टप टेनमा मानेभञ्ज्याङ गाउँपालिकाका विशु राई, नरेन्द्र राई, जितेन्द्र दियाली र मनोज कुमार राई, चिशंखुगढीका प्रकाश वि.क, सुनकोशीका सरीता तामाङ र प्रशान्त तामाङ, उदयपुरको लिम्चुङबुङ गाउँपालिकाका सुजन राई,सुनशेर चाम्लीङ र खोटाङको दिप्रुङकी प्रवृती राई छानिएका थिए ।

उनिहरुले बुधबार फाईनलमा प्रतिस्पर्धा गरेका थिए ।

भिजन आईडलमा प्रथम हुनेले शिल्ड, मेडल र प्रमाण पत्रको साथमा नगद रु २५ हजार, द्वितिय हुनेले मायाको चिनो, मेडल र प्रमाण पत्रको साथमा नगद रु १५ हजार, तृतिय हुनेले  मायाको चिनो, मेडल र प्रमाण पत्रको साथमा नगद रु १० हजार प्राप्त गरेका छन् । उत्कृष्ट दश लाई मेडल र प्रमाण पत्र प्रदान गरिएको छ भने अडिसनमा सभागिहरु सबैले प्रमाणपत्र पाएका छन् । उत्कृष्ट प्रतियोगिहरुलाई रेकर्डिङ स्टुडियोहरुमा समन्वय गरी गीत रेकर्डिङमा सहयोग गरिने आयोजकले जनाएको छ ।

सञ्चारका क्षेत्रमा काम गर्ने संस्था भिजन नेपालले स्थानीय स्तरमा लुकेर रहेका प्रतिभाको थप विकास गरि कला र संस्कृतीको विकासमा जोड दिने उद्धेश्यले भिजन आइडल नाम दिएर एकल गायन प्रतियोगिता सञ्चालन गरेको भिजनका अध्यक्ष पूर्णप्रसाद न्यौपानेले बताए । विजेतालाई प्रतिनिधिसभा सदस्य यज्ञराज सुनुवारले पुरस्कार हस्तान्तरण गरेका थिए ।

भिजनले वर्षमा १ पटक नृत्य र १ पटक गायन प्रतियोगिता आयोजना गर्दै आएको छ । भिजन नेपालको वार्षिक उत्सवका अवसरमा साउन २ मा एकल गायन र भिजन एफएमको वार्षिक उत्सवमा फाल्गुण २ मा एकल नृत्य प्रतियोगिता हुँदै आएको छ ।