२०८३, १२ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाली रोबोट अन्तर्राष्ट्रिय प्रतियोगितामा

२०७५, १९ श्रावण शनिबार ०८:५४

साउन १९, काठमाडौँ | नेपाली युवा विद्यार्थी आपूmले बनाएका रोबोटलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रदर्शन गर्न जुटेका छन् । 

आगामी भदौ ९ गते भियतनामको निङविङमा आयोजना हुने अन्तर्राष्ट्रिय रोबोट प्रतियोगितामा आफूले निर्माण गरेका रोबोटको प्रदर्शनीमा इञ्जिनियरिङ अध्ययन संस्थान पुल्चोकका विद्यार्थी जुटेका हुन् । प्रतियोगितमा एसिया¬–प्रशान्त क्षेत्रका चीन, जापान, इजिप्ट, रुसलगायत विभिन्न २० मुलुकको सहभागितामा रहनेछ । 

प्रतियोगितामा भाग लिन इञ्जिनियरिङ अध्ययन संस्थाको रोबोटिक्स क्लबबाट नेपालको प्रतिनिधित्व गर्दै १६ विद्यार्थी भियतनाम प्रस्थान गर्ने भएका छन् । 

प्रतियागिताको पूर्वावलोकनका रुपमा शुक्रबार पुल्चोक क्याम्पसमा नेपाली युवा विद्यार्थीले निर्माण गरेका रोबोटको प्रदर्शनी गरेका थिए । 

एउटा स्वचालित र अर्को मानवले सञ्चालन गर्ने रोबोट प्रतियोगितामा नेपालले भाग लिने जसमा रोबोटले सहकार्य गरी कपडाका गोलालाई पोलमा रहेको गोलो घेराभित्र छिराउनु पर्नेछ । 

प्रदर्शनीको अवलोकनपछि इञ्जिनियरिङ अध्ययन संस्थानका डीन प्रा डा त्रिरत्न बज्राचार्यले प्राज्ञिक क्षेत्रमा अनुसन्धानको महत्वमाथि जोड दिनुभयो । 

यसअघिको प्रतियोगितामा पनि दक्षिण एसियाकै उत्कृष्ट प्रदर्शन गर्दै आएको र विभिन्न समयमा पुरस्कार जितेको नेपाली टोलीसमक्ष यसपालि प्रतियोगिता नै जित्नुपर्ने चुनौती पनि थपिएकोे छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने रास्वपा कार्यालयमा सुकुम्बासी मोर्चाका नेताहरूले ज्ञापनपत्र बुझाएर फर्किए पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा रास्वपा कार्यालयमा सुकुमवासीहरू जाने भएपछि सुरक्षा व्यवस्था कडा विरोध प्रदर्शनमा उत्रिए सुकुम्बासी कांग्रेस संसदीय दलको नेता चयन आज सुनचाँदीको मूल्यमा गिरावट