शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने

साझासवाल
1 Min Read

काठमाडौँ | जिल्ला प्रशासन कार्यालय, काठमाडौँले शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काउने जानकारी गराएको छ। शुक्रबार ‘अत्यन्त जरुरी सूचना’ सार्वजनिक गर्दै काठमाडौँ प्रशासनले शनिबार बिहानदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काउने जानकारी गराएको हो ।

काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले जारी गरेको सूचनामा नदी किनारका सार्वजनिक, सरकारी जग्गामा भएका घर टहरा खाली गरिने जनाइएको छ। यसका लागि शुक्रबार साँझ ७ बजेसम्म घर टहरा खाली गर्न भनिएको छ ।