2026-09-10 04:08 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय

काठमाडौँ | नेपाली कांग्रेसले संसदीय दलको विधान परिमार्जनसहित पारित गर्ने निर्णय गरेको छ । शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको कार्य सम्पादन समिति बैठकले संसदीय दलको विधान परिमार्जन सहित पारित गर्नेसहितका निर्णय गरेको महामन्त्री प्रदीप पौडेलले जानकारी दिए ।

बैठकले दलको नेता चयन गर्न र सबै प्रक्रिया पूरा गर्दै सहमति खोज्न दुई उपसभापति र दुई महामन्त्रीलाई जिम्मेवारी दिने निर्णय गरेको छ । कांग्रेसले विद्यार्थी सङ्गठन र ट्रेड युनियन खारेज गर्ने सरकारी निर्णयको विरोध गरेको छ ।

‘विद्यार्थी सङ्गठन र ट्रेड युनियन संविधानले दिएको अधिकार हो। त्यसैले यसलाई सुधारेर लानुको सट्टा खारेज गर्ने निर्णय सरकारले गरेको निर्णयको विरोध गर्ने खारेज गर्न पाइँदैन’, कांग्रेसले भनेको छ । त्यसबाहेक कांग्रेसले सुकुम्वासी समस्या समाधान गर्न वार्ताको माध्यम छाडेर सरकार मुठभेडमा लागेको भन्दै सुकुमबासी व्यवस्थापनको जिम्मा सरकारको दायित्व भएको स्मरण गराएको छ । ‘सुकुमबासीको विषयमा राज्यले बल प्रयोग गर्ने र मुठभेड प्रयोग गर्न मिल्दैन’, कांग्रेसले बैठकका निर्णय सार्वजनिक गर्दै भनेको छ, ‘वार्ता संवादबाट समाधान सुल्झाउनु पर्छ सरकार मुठभेडको स्थितिमा जानु हुँदैन ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको शिष्टाचार भेट कांग्रेस फुट्ने सम्भावना छ, १५औँ महाधिवेशन देउवाकै नेतृत्वमा हुन्छ: शशांक कोइराला आधिकारिकता विवादमा सर्वोच्चले निस्सा दिएपछि आधा जित भइसक्यो : देउवा बाढी प्रभावित विद्यार्थीलाई परामर्श दिएपछि मात्रै कक्षा सञ्चालन गर्न निर्देशन राष्ट्रियसभामा विधायन व्यवस्थापन समितिको प्रतिवेदन पेस विपद्‌मा घाउमा नुनचुक छर्किनेका लागि रास्वपामा स्थान छैन : रवि लामिछाने भदौ २३ र २४ का घटनामा निष्पक्ष छानबिन र कारबाही गर्न गगन थापाको माग नेप्से १५ अंकले घट्यो, ४ अर्ब २० करोडको कारोबार अहिले राजनीति गर्ने होइन, नागरिक बचाउने बेला हो : रवि लामिछाने भदौ १० का मृतक प्राकृतिक विपत्तिका होइनन्, जलवायु अन्यायका पीडित हुन् : रवि लामिछाने सहिदले न्याय कति वर्षमा पाउँछ सरकार ? : सांसद खत्री प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा जेनजी आन्दोलन सरकार परिर्वतनका लागि मात्रै नभइ संस्कार परिवर्तनका लागि भएको हो: सांसद केसी प्रतिनिधिसभाको बैठक सुरु प्रधानमन्त्री बालेन शाहले सुरक्षा प्रमुखसँग उच्चस्तरीय छलफल गर्दै रसुवा बाढीमा मृतकको संख्या १,३६७ पुग्यो एमाले बैठकमा संसद् पुनर्स्थापनाबारे छलफल हुन्छ : महेश बस्नेत जेनजी आन्दोलनको एक वर्षपछि ओलीले बालकोटबाट सम्बोधन गर्दै जापानमा नेपाली विद्यार्थीको हत्या आरोपमा तीन नेपाली पक्राउ भोटेकोशी बाढीमा मृत्यु हुनेको सङ्ख्या १,३६६ पुग्यो