२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

एकीकृत सम्पत्ति कर लागू

२१ श्रावण २०७५, सोमबार ११:३४

साउन २१, कञ्चनपुर | शुक्लाफाँटा नगरपालिकाले एकीकृत सम्पति कर लागू गरेको छ । 

नगरपालिकाको बैठकले करका दर रेट निर्धारण गरी एकीकृत सम्पति कर लागू गरेको हो । स्थानीय सरकार सञ्चालन सम्बन्धी व्यवस्था गर्न बनेको ऐन २०७४ को परिच्छेद ९ मा एकीकृत सम्पति कर सम्बन्धी भएको व्यवस्थाअनुसार नगरपालिकाको अधिकार क्षेत्रभित्र कर लगाउन पाउने व्यवस्था अनुसार कर लागू गरिएको नगरपालिकाका नगरप्रमुख दिलबहादुर ऐरले बताउनुभयो । 

“नगरपालिकाको क्षेत्रभित्र कुनै व्यक्तिको स्वामित्वमा रहेको सम्पूर्ण घर जग्गाको एकिकृत हिसाब गरी कर लगाइएको छ,” उहाँले भन्नुभयो । 

रु एक लाखसम्मको सम्पतिमा रु १०, रु एक लाखदेखि रु दुई लाखसम्मको सम्पतिमा रु २०, रु दुई लाखदेखि रु तीन लाखसम्मको सम्पतिमा रु ३०, रु तीन लाखदेखि रु चार लाखसम्मको सम्पतिमा रु ४०, रु चार लाखदेखि रु पाँच लाखसम्मको सम्पतिमा रु ५०, रु पाँच लाखदेखि रु १० लाखसम्मको सम्पतिमा रु एक सय ५०, रु दश लाखदेखि रु १५ लाखसम्मको सम्पतिमा रु दुई सय, रु १५ लाखदेखि रु २५ लाखसम्मको सम्पतिमा रु तीन सय, रु २५ लाखदेखि रु ३५ लाखसम्मको सम्पतिमा रु ६५०, रु ३५ लाखदेखि रु ५० लाखसम्मको सम्पतिमा रु आठ सय, रु ५० लाखदेखि रु ७५ लाखसम्मको सम्पतिमा रु एक हजार दर रेट निर्धारण गरिएको छ । 

रु ७५ लाखदेखि रु एक करोडसम्मको सम्पतिमा रु दुई हजार पाँच सय, रु एक करोड ५० लाखदेखि रु दुई करोडसम्मको सम्पतिमा रु चार हजार, रु दुई करोडदेखि रु तीन करोडसम्मको सम्पतिमा रु पाँच हजार पाँच सय, रु तीन करोडदेखि रु पाँच करोडसम्मको सम्पतिमा रु सात हजार, रु पाँच करोडदेखि रु १० करोडसम्मको सम्पतिमा रु १५ हजार, रु १० करोडदेखि रु २० करोडसम्मको सम्पतिमा रु २५ हजार र रु २० करोडभन्दा माथिको सम्पतिमा रु ५० हजार दर रेट निर्धारण गरिएको छ । 

सर्वदलीय समिति, मन्त्रालयको विज्ञ टोली र जनभावना अनुसार करको दर रेट निर्धारण गरिएको नगर प्रमुख ऐरले बताउनुभयो । घर जग्गाको आकार प्रकार, बनौट, अचल सम्पतिको उत्पादनशील उपयोगको अवस्था, नागरिकको कर तिर्नसक्ने क्षमता, अचल सम्पतिको प्रचलित बजार मूल्य तथा ह्रास मूल्यलाई कर निर्धारणको आधार बनाइएको छ । 

बजार क्षेत्रमा रहेको एक तले पक्की घरको रु एक सय, दुई तलेको रु एक सय ५०, तीन तलेको रु दुई सय, चार तलेको रु दुई सय ५०, पाँच तलेको रु तीन सय, ग्रामीण क्षेत्रमा रहेको एक तले घरको रु ७५ तथा पाँच तले घरको रु दुई सय ७५ शुल्क निर्धारण गरिएको छ । कच्ची घरको रु ५० शुल्क तोकिएको छ । बजार क्षेत्रमा रहेका पसल प्रतिसटर रु दुई हजार पाँच सय भाडा तय गरेको छ । साउन १ गतेदेखि लागू हुने गरी एकिकृत सम्पति कर र बिटौरी कर लागू गरिएको हो । 

भवन आचार संहिता विपरीत निर्माण 

भवन आचार संहिता लागू भएको चार वर्ष भइसक्दा पनि अझै महेन्द्रनगरका अधिकांश सरकारी कार्यालय आचार संहिता विपरित नक्सा पास नगरेर निर्माण गरिएका छन् । महेन्द्रनगरका अधिकांश सरकारी कार्यालयले नक्सा पास गरेका छैनन् । भीमदत्त नगरपालिकाका इञ्जिनियर गोरखबहादुर सिंह हालसम्म नेपाल टेलिकम र अख्तियार दुरुपयोग अनुसन्धान आयोग बाहेक अन्य सरकारी कार्यालयले नक्सा पास नगरको बताउनुहुन्छ । 

भवन आचारसंहिता लागू भएपछि महेन्द्रनगरमा रहेका धेरैजसो निजी तथा सरकारी कार्यालयले भवन तथा घरको नक्सा पास गर्नु अनिवार्य हुने बताइएको छ । सरकारले भवन आचारसंहिता आर्थिक वर्ष २०७१÷७२ मा नै लागू गरेको हो । भीमदत्त नगरपालिकाभित्र हालसम्मको विवरण हेर्दा भवन आचारसंहिता लागू भएका तथा नक्सा पास भएका घरको विवरण अनुसार कूल एक हजार १७५ घरको मात्र नक्सा पास गरिएको छ । 

आव २०७१÷७२ मा दुई सय तीन, आव २०७२÷७३ मा ३११, आव २०७३÷७४ मा २३ तथा आव २०७४÷७५ मा ४५८ घरको नक्सा पास गरिएको छ । भवन आचारसंहिता ऐनले नक्सा पासका लागि विभिन्न मापदण्ड अनुरूप मूल्य निर्धारण गरेको छ । नगर विकास समितिको मुख्य बजार क्षेत्रमा प्रति वर्ग क्षेत्रफलमा घर निर्माणका लागि रु १० मूल्य निर्धारण गरिएको छ । नगर विकास समितिको आवासीय क्षेत्रमा रु ६, औद्योगिक क्षेत्रमा रु आठ, राजमार्गको दाँयाबायाँ रु सात, ब्रह्मदेव क्षेत्रमा रु ६ तथा अन्य क्षेत्रमा प्रति वर्ग क्षेत्रफलमा रु तीन निर्धारण गरिएको इञ्जिनियर सिंहले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’ नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै