2026-07-11 09:17 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

पुरानो संस्कृति पनि नभुलौं : आधार

नोखिराम थापा, भदौ २८, सल्यान / नेकपा माओवादीका केन्द्रिय सदस्य मोहलाल चन्द आधारले पुरानो सँस्कृति विस्तारै हराउदै गएपनि नयाँ युग सुहाउदो संस्कृतिले प्रवेश गरेको बताएका छन । सल्यानको शिवरथमा रहेको सरस्वती उमाविमा भएको तिज विशेष साँस्कृतिक कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो बताएका छन । विप्लव नेतृत्वको माओवादी निकट विद्यार्थी संगठनको मावि इकाई ले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले समय अनुसार सबै चिज पनि बदलिने भएतापनि पुरानोलाई भुल्न नहुने बताएका छन ।

सल्यानमा सोचेभन्दा पनि बढि प्रतिभा भएको र तिनीहरुलाई सहि मुल्याकंन हुन नसकेको भन्दै स्रष्टा तथा सर्जकलाई अझै माथिसम्म पुर्याउन सबैले आआफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्ने बताएका छन । संगितले मानिसलाई आनन्दित बनाउने भएकोले यस क्षेत्रमा लागेका मान्छेलाई सबैले माया गर्नुपर्ने उनको भनाई छ ।

हिजो देखि चलेको कार्यक्रममा राष्ट्रिय कलाकारहरु भागिरथ चलाउने, शक्ति चन्द, महेश मल्ल लगायत स्थानिय सहयात्री कलाकेन्द्रका कलाकारले प्रस्तुति दिएका छन । कार्यक्रमको मिडिया पार्टनरको भुमिका रेडियो तहल्काले लिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट