प्रेम सुनार। भदौ–९, बुटवल । नेपालगंजबाट जाजरकोटका लागि छुटेको हाईस गाडी सल्यानको बन्गाडा खोलाले बगाएको छ । बग्दै गरेको उक्त गाडी ढुङ्गामा गएर अड्किएपछि यात्रुहरु हाम फालेर बाँच्न सफल भएका छन । उनिहरुका सर–समान भने हराएको छ । प्रहरीले तत्कालै डोजरको साहयताले खोलामा फसेको गाडि निकालिएको थियो । उक्त खोलामा निर्माणधिन पक्कीपुल यस अघि नै खोलाले वगाई सकेको छ ।
लामा कन्ट्रक्सन निर्माण कम्पनीले समयमा पुलको काम नगर्दा छिन्चु जाजरकोट सडक खण्डमा उक्त खोलाले दैनिक दिन आवत जावतमा असर गरेरेको स्थानीय यातायात व्यवसाय नन्द पुनको दुखेको छ ।सो सडक खण्डमा सल्यान,सुर्खेत,जाजरकोट,डोल्पा र रुकुमका मानिसहरुको आवत जावत भई रहन्छ ।
त्यस भेगमा कैयौ खोलाहरुमा झोलुङ्गे पुल समेत नहुँदा वर्षायाममा रुख तेर्साएर मानिसहरु जोखिमका साथ खोलाहरु तर्ने गरेका छन । सरकारको नजर राजमार्ग छेउछाउमा रहेका तुईन विस्थापित गर्ने कार्यमा मात्रै परेको छ । खोला बढेर तर्न नसकेका कारण त्यस भेगका सयौ यात्रुहरु घण्टौ सम्म बाटैमा अलपत्र पर्ने र भोकै बस्ने गरेका छन ।