2026-10-05 12:40 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

तिम्बुपोखरी महोत्सव हुने

भदौ ९, पाँचथर। प्रचारप्रसार गरेर आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने उद्देश्यले तिम्बुपोखरी महोत्सव गर्ने भएको छ । 

पाँचथर र ताप्लेजुङको सिमानामा पर्ने तिम्बुपोखरी स्वच्छ वातावरणमा तथा प्राकृतिकरुपमा सुन्दर देखिएको छ । उक्त पोखरी र यस आसपासका हिमाली क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि महोत्सव गर्न लागिएको हो । पछिल्ला वर्षमा मानिसको आकर्षण र चर्चित बन्दै गएको तिम्बुपोखरी क्षेत्रको विकासका लागि ताप्लेजुङको सिदिङवा गाउँपालिकाले महोत्सव गर्न लागेको हो । 

चार हजार ४४८ मिटर उचाइमा यही भदौ २२ देखि २४ गतेसम्म विभिन्न कार्यक्रम गरी महोत्सव गर्न लागिएको गाउँपालिकाका अध्यक्ष नरबहादुर कडरियाले जानकारी दिनुभयो । 

महोत्सवका लागि रु १४ लाख खर्च हुने अनुमान छ । महोत्सव सम्पन्न गर्न १०१ सदस्यीय मूल आयोजक समिति र नौ उपसमिति गठन गरिएको आयोजकले जनाएको छ । 

हिमाली क्षेत्रका रुपमा लिइने यो क्षेत्रमा पछिल्लो समय पदयात्रा गर्नेको सङ्ख्यामा वृद्धि भएको छ । महोत्सवमा अवलोकन भ्रमण, सांस्कृतिक कार्यक्रम, चौरीको प्रदर्शन, दूधजन्य उत्पादनको प्रदर्शनीलगायत राखिएको छ । 

जैविक विविधताले भरिपूर्ण यस क्षेत्रमा केन्जो, माइकोपिलाजस्ता फूल तथा बहुमूल्य जडीबुटी अवलोक गर्न पाइन्छ । तिम्बुपोखरी महोत्सवलाई भव्य बनाउका तयारी थालिएको स्थानीय गोठ सञ्चालक भीम भण्डारीले जानकारी दिनुभयो । महोत्सवमा नेपालका विभिन्न जिल्ला र भारतको सिक्किमबाट समेत पर्यटक आउने विश्वास आयोजकको छ । 

तिम्बुपोखरी क्षेत्रमै आगन्तुकलाई बस्ने व्यवस्था गर्ने तयारीसमेत गरिएको छ । उच्च पहाडी क्षेत्र भएकाले पदयात्रा गरेर यहाँ पुगिन्छ । पाँचथरको च्याङथापुबाट कालीखोला हुँदै अथवा पाँचथरको चिवाभञ्याङदेखि, इलामकोसन्दकपुर हुँदै यहाँ पुगिन्छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सभापति गगन थापाले केन्द्रीय समितिमा पेस गरे राजनीतिक प्रस्ताव अरिङ्गालको टोकाइबाट दुई बालकको मृत्यु, दुई गम्भीर घाइते मन्त्रिपरिषद बैठक बस्दै नेपाली बजारमा सुनको मूल्य घट्यो, चाँदीको बढ्यो दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइका लागि पेसी तोकियो कांग्रेस महाधिवेशन: बन्दसत्रअघि केन्द्रीय समिति बैठक, मंगलबारदेखि उम्मेदवारी दर्ता त्रिविका सबै परीक्षा केन्द्रमा सीसी क्यामरा अनिवार्य बदलिएको परिस्थितिमा पुरानै शैलीले चुनौती सामना गर्न सकिँदैन : प्रचण्ड हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह रास्वपा केन्द्रीय समितिको बैठक सुरु विश्व बजारमा खाद्य वस्तुको मूल्य फेरि बढ्यो, चिनी र गहुँको भाउ उच्च दाउन्ने बस दुर्घटना: मृत्यु भएका ६ जनाकै सनाखत, १२ घाइते कैलालीमा प्रहरीमाथि कुटपिट, तीन जना पक्राउ कांग्रेस महामन्त्रीमा सुनिल शर्माको उम्मेदवारी घोषणा, ‘कांग्रेस फुटेको छैन’ काठमाडौँमा दुई दिन विद्युत् अवरुद्ध हुने, कुन-कुन क्षेत्रमा ? देउवा समूहबाट आरजु राणा क्षेत्रीय प्रतिनिधि चयन अमेरिकी भिसामा कडाइ, नेपालसहित ५० देशका नागरिकलाई २० हजार डलरसम्म बन्ड अनिवार्य काँग्रेस महाधिवेशन: बासको व्यवस्था प्रतिनिधि आफैले गर्नुपर्ने, पार्टीले खाजा र खाना खुवाउने रौतहटमा १ लाख ८ हजार भारतीय रुपैयाँसहित दुई जना पक्राउ नवलपरासी बस दुर्घटना अपडेट: ६ जनाको मृत्यु, १२ घाइते; ५ मृतकको पहिचान खुल्यो