२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

तिम्बुपोखरी महोत्सव हुने

९ भाद्र २०७५, शनिबार ०८:१५

भदौ ९, पाँचथर। प्रचारप्रसार गरेर आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने उद्देश्यले तिम्बुपोखरी महोत्सव गर्ने भएको छ । 

पाँचथर र ताप्लेजुङको सिमानामा पर्ने तिम्बुपोखरी स्वच्छ वातावरणमा तथा प्राकृतिकरुपमा सुन्दर देखिएको छ । उक्त पोखरी र यस आसपासका हिमाली क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि महोत्सव गर्न लागिएको हो । पछिल्ला वर्षमा मानिसको आकर्षण र चर्चित बन्दै गएको तिम्बुपोखरी क्षेत्रको विकासका लागि ताप्लेजुङको सिदिङवा गाउँपालिकाले महोत्सव गर्न लागेको हो । 

चार हजार ४४८ मिटर उचाइमा यही भदौ २२ देखि २४ गतेसम्म विभिन्न कार्यक्रम गरी महोत्सव गर्न लागिएको गाउँपालिकाका अध्यक्ष नरबहादुर कडरियाले जानकारी दिनुभयो । 

महोत्सवका लागि रु १४ लाख खर्च हुने अनुमान छ । महोत्सव सम्पन्न गर्न १०१ सदस्यीय मूल आयोजक समिति र नौ उपसमिति गठन गरिएको आयोजकले जनाएको छ । 

हिमाली क्षेत्रका रुपमा लिइने यो क्षेत्रमा पछिल्लो समय पदयात्रा गर्नेको सङ्ख्यामा वृद्धि भएको छ । महोत्सवमा अवलोकन भ्रमण, सांस्कृतिक कार्यक्रम, चौरीको प्रदर्शन, दूधजन्य उत्पादनको प्रदर्शनीलगायत राखिएको छ । 

जैविक विविधताले भरिपूर्ण यस क्षेत्रमा केन्जो, माइकोपिलाजस्ता फूल तथा बहुमूल्य जडीबुटी अवलोक गर्न पाइन्छ । तिम्बुपोखरी महोत्सवलाई भव्य बनाउका तयारी थालिएको स्थानीय गोठ सञ्चालक भीम भण्डारीले जानकारी दिनुभयो । महोत्सवमा नेपालका विभिन्न जिल्ला र भारतको सिक्किमबाट समेत पर्यटक आउने विश्वास आयोजकको छ । 

तिम्बुपोखरी क्षेत्रमै आगन्तुकलाई बस्ने व्यवस्था गर्ने तयारीसमेत गरिएको छ । उच्च पहाडी क्षेत्र भएकाले पदयात्रा गरेर यहाँ पुगिन्छ । पाँचथरको च्याङथापुबाट कालीखोला हुँदै अथवा पाँचथरको चिवाभञ्याङदेखि, इलामकोसन्दकपुर हुँदै यहाँ पुगिन्छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य