२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सल्यानमा बजार अनुगमन र मदिरा नियन्त्रणलाई प्रभावकारी बनाइने

१२ भाद्र २०७५, मंगलवार ०९:४५

भदौ १२, सल्यान । उपभोक्ताको अधिकार र स्वास्थ्यमा कुनै पनि किसीमको असर नपरोस् भनेर जिल्लाको प्रवेशद्वार कपुरकोटमा अनुगमन तथा कारवाहि प्रभावकारि बनाइने भएको छ । मंगलबार कपुरकोट गाउँपालिकामा सम्पन्न सरोकारवालाहरुको बैठकले बजार अनुगमनलाइ प्रभावकारि र घरेलु मदिरा उत्पादन तथा विक्रिवितरणलाइ नियन्त्रण गर्ने निर्णय गरेको हो । गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत जीवराज केसीले बैठकमा पारित तथा स्वीकृत भएका बजार अनुगमन निर्देशिका र होटल व्यवस्थापन तथा मदिरा विक्रिवितरण नियन्त्रण ऐनका बारेमा सरोकारवालाहरुलाइ जानकारि गराएका थिए । 

कार्यक्रममा वडा नम्बर तीनका अध्यक्ष मिन बहादुर सेन, उद्योग वाणिज्य संघ सल्यानका सदस्य कमल घर्ती लगाएतकाले बोल्दै विभिन्न पसलमा म्याद गुज्रेका दैनिक उपभोग्यका सामाग्रीहरु बेलाबेलामा फेला पर्नेगरेको उल्लेख गर्दै यसले उपभोक्राको स्वास्थ्यमा प्रतिकुल असर पारिरहेको जनाएका थिए । 


गाउँपालिकाका उपाध्यक्ष भिम बहादुर सेनले अव घरेलु मदिरा विक्रिवितरणलाइ कडाइका साथ नियन्त्रण गरिने जनाउँदै सभ्य र शान्त समाज निर्माणमा साथ दिन सम्पूर्णमा अनुरोध गरेका छन् । ‘कुनै पनि पसलमा मयाद नाघेका सामान विक्रि गर्न, कुन प्रयोजनका लागी पसल दर्ता भएको छ त्यो भन्दा वाहिर रहेर काम गर्न कसैले पनि पाइदैन, अध्यक्ष सेनले भने, ‘घरेलु मदिराको उत्पादन र सेवनले समाजमा हिंशा र अशान्ति फैलन्छ । त्यसैले यसको नियन्त्रणका हाम्रो स्थानीय सरकार कानुन र विधि अनुसार अघि बढ्छ ।’ 

बैठकमा होटल व्यवशायी, व्यापारि, सुरक्षाकर्मी, पत्रकार लगाएतकाले गाउँपालिकाको ऐन तथा निर्देशिका कार्यान्वयनमा सहयोग गर्ने प्रतिवद्धता जनाउँदै गाउँपालिकाभित्रका सम्पूर्ण बजारहरुको अनुगमन गर्न गाउँपालिकालाइ अनुरोध गरेका थिए । 

बैठकमा पत्रकार महासंघ कर्णालि प्रदेशका सदस्य सन्तोष घर्ती, प्रहरी चौकी कपुरकोटका इन्चार्ज कालि बहादुर मल्ल, कपुरकोट बजार व्यवस्थापन तथा सरसफाइ समितीका अध्यक्ष रुपक बुढा, राष्ट्रि अनुसन्धानका ढुंडीराज खड्का, कपुरकोट ३ का वडा सदस्य टिकाराम बुढाथोकी, व्यवशायीहरु नन्द सिंह धामी, ठाकुर भण्डारी, चक्रमदन बुढा लगाएतकाको सहभागीता थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य