2026-09-08 12:21 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

आगामी पौषमा सल्यानमा व्यापार मेला हुने

नविन रावत/मङ्सिर १७, सल्यान । सल्यानमा १ महिना पछि कृषि, पशु, वन तथा व्यापार मेला २०७२ हुने भएको छ ।

“कृषि, उद्योग, व्यापार, पर्यटन विकासको परिकल्पना, व्यवसायकरण द्वारा समृद्ध समाजको स्थापना” भन्ने मुला नारा सहित आगामी पौष १८ देखि २१ सम्म श्रीनगरमा मेला संचालन हुने सल्यान उद्योग बाणिज्यसंघले आयोजना गरेको बैठकले निश्कर्ष निकालेको हो ।

जिल्लाका पर्यटकिय क्षेत्रको पहिचान गरि पर्यटनको विकास गर्ने, आधुनिक र व्यवसायीक कृषि प्रणाली अपनाई कृषकको जिवनस्तरमा सुधार ल्याउने, उद्यमशिलताको विकास गरि जिल्लालाई औद्योगिकरण तर्फ उन्मुख गराउने उद्देश्यका साथ गर्ने व्यापार मेलामा ८ सय कृषक तथा उद्यमीको सहभागीता हुने र ३० हजार दर्शकले अवलोकन गर्ने आयोजकले जनाएको छ ।

मेलामा कृषी प्रदर्शनी, पशु प्रदर्शनी, जडिबुटी तथा उद्यमशीलता प्रदर्शनी, नेपाल जडिबुटि संघको शाखा विस्तार, पर्यटकिय क्षेत्रको पहिचान, जिल्ला स्तरिय भलिबल प्रतियोगिता, साँस्कृतिक कार्यक्रम, कृषक पुरस्कार र सम्मान र अन्तरक्रिया तथा समिक्षा जस्ता कार्यक्रम हुनेछन । १५ लाख भन्दा बढि लगानीमा गरिने कार्यक्रममा विभिन्न उद्यमी तथा कृषकका उत्पादनको प्रदशनीका लागि निःशुल्क व्यवस्था गरिने आयोजक सल्यान उद्योग वाणिज्य संघले जनाएको छ ।

आजको बैठकमा जिल्ला कृषि विकास कार्यालय, जिल्ला वन कार्यालय, जिल्ला विकास समिती विभिन्न सरकारी तथा गैर सरकारी निकायको सहभागिता रहेको थियो । कार्यक्रममा सबैले आपसी छलफलबाट लगानीको लागि पहल गर्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल