2026-09-08 02:53 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सल्यानको बनगाडमा टेलिफोनमा पनि लोडसेडिङ

इन्द्र बुढाथोकी । भदौ १५, सल्यान । सल्यान पश्चिममा रहेको बनगाड कुपिण्डे नगरपालिकाको केन्द्र सल्लीबजारमा पनि टेलीफोनको लोडसेडिङ हुने गरेको छ । नगरपालिकाको वडा न ४ तारुपारेमा रहेको स्काइ टावरमा खराबी आउँदा यस्तो समस्या आएको छ ।

बिगत ९ वर्ष देखि उक्त टावरमा खराबी आउँदा सल्लीबजार सहित बनगाड कुपिण्डे नगरपालिका, कुमाख गाउँपालिका केही क्षेत्र, शिद्धकुमाख गाउँपालिकाको केही क्षेत्र र सुर्खेत सिम्ता गाउपालिका सहित अन्य स्थानका बासिन्दा सन्चार क्षेत्र बाट बन्चित भएका छन । २०६६ सालमा निर्माण भएको उक्त टावर अहिले सम्म सोलारको भरमा चलिरहेको छ । 

टावर संचालन गर्न ६५ वाटका ३६ वटा सोलार रहेका छन ।

निर्माण भएको समयमा ६ महिना सम्म २४ घण्टा राम्रोसँग चले पनि त्यस यता सोलारको ब्याट्रीमा आएको समस्याले अहिले दैनिक १०/१२ घण्टा सम्म मात्र टावर सन्चालन हुँदै आएको छ । 

 वर्ष भरी नै टावरमा समस्या आउँदा र सोलारका ब्याट्री चार्ज नहुने भएकाले मुस्किलले दैनिक बिहान ८ बजेदेखि साझ ६ बजेसम्म १० घन्टा टावर सन्चालन हुने टावर सन्चालक शेर बहादुर पुनले जानकारी दिनुभयो ।

पुनले भने आफुले २४ सै घन्टा टावर सन्चालन गर्न र टावर तथा सोलारका पाता संरक्षणका लागि वरिपरिको स्थान सुरक्षिति गर्ने गरेको र क्षमता विस्तार गर्ने  पटकपटक  नेपाल टेलिकमप केन्द्रिय कार्यालय काठमाडौमा अनुरोध गरे पनि यहाँका स्थानीयका सम्बन्धित निकायले कुनै चासो नदिंदा यस्तो समस्या आएको बताउनुभयो ।

२४ घन्टामा दैनिक १० घन्टा मात्र टावर सन्चालन हुदा एक ठाउँबाट अर्को ठाउमा सूचना पठाउन सूचना पाउन निकै समस्या हुनुको साथै इन्टरनेट चलाउन निकै अफ्ठ्यारो भएको स्थानियले गुनासो गरेका छन । 

 साथै बनगाड कुपिण्डे नगरपालिका वडा न ५ राउचेको लाटुगैरेमा रहेको नमस्ते टावर एक हप्ता देखि अवरुद्ध भएको छ । उक्त टावरको अर्थिङ भाचिदा समस्या आएको छ । 

यो टावर सगै बनगाड कुपिण्डे नगरपालिका ५ लाटुगैरेमा रहेको टावर , बनगाड कुपिण्डे नपा ११ माझकाडामा रहेको टावर , छिमेकी जिल्ला सुर्खेतको सिम्ता गाउँपालिका गुमिचुलामा रहेको टावर सहित जम्मा ४ वटा टावर छन । यी सबै टावर सोलार बाट संचालन हुँदै आइरहेका छन ।  जसले गर्दा बनगाड कुपिण्डे नगरपालिका केन्द्र सल्लीबजार र सिम्ता गाउपालिकाको केन्द्र जामुने बजारमा घाम लागेको बेला मात्रै टेलीफोन सुचारु हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम