२०८३, १३ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

वन र जडिबुटि विना मानव जिवनको अस्तीत्व असम्भव

२०७२, १६ फाल्गुन आईतवार ०३:४८

jadibutiशंकर के.सी./फागुन १६, सल्यान । वन र जडिबुटि विना मानव जिवनको पनि अस्तीत्व नरहेको सल्यानमा आयोजित एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । सबैको साझा प्रयासमा मात्रै वन र जडिबुटिको संरक्षण हुने भन्दै सरकारबाट पनि जडिबुटि संरक्षणमा पर्याप्त लगानी हुनुपर्नेमा सहभागीहरुको जोड रहेको छ ।

जिल्ला वनस्पति कार्यालय सल्यानको आयोजनामा आज शनिबारदेखि कपुरकोटमा शुरु भएको आयमुलक जडिबुटि खेती, प्रशोधन र भण्डारण सम्बन्धी तालिको उद्घाटन समारोहका वक्ताहरुले जडिबुटि खेती र किसानले उत्पादन गरेको जडिबुटिको बजारिकरणमा सजिलो हुने खालको व्यवस्था राज्यले गर्दिनुपर्नेमा पनि जोड दिएका छन् ।

कार्यक्रममा जिल्ला वनस्पति कार्यालय सल्यानका प्रमुख जिवन पाण्डेले सल्यान लगाएत यस क्षेत्रका जिल्लाहरु ज्डिबुटि खेतीका लागी अत्यन्तै सम्भावना बोकेका क्षेत्रहरु भएको भन्दै व्यवशायीक जडिबुटि खेतीमा किसानहरु लाग्ने हो भने उनीहरुको आर्थीक अवस्थामा अहिलेको भन्दा धेरै सुधार हुने बताउनुभयो । पाण्डेले जिल्लामा सामुहिक तथा निजी रुपमा व्यवशायीक खेती तर्फ किसानहरु लागी सकेको पनि बताउनुभयो ।

यस्तै कार्यक्रममा इलाका वन कार्यालय कपुरकोटका सहायक वन अधिकृत विष्णु प्रसाद शर्मा अर्यालले वन जंगलमा प्रशस्त पाइने वहुमुल्य जडिबुटिहरुको
संरक्षणमा सबै निकायले चासो दिनुपर्ने बताउनुभयो । यस्तै सामुदायीक वन महासंघ नेपालका केन्द्रीय सदस्य तथा रेडियो कपुरकोटका अध्यक्ष घनश्याम शर्माले स्थानीय स्तरमै जडिबुटि प्रशा्ेधन केन्द्रको आवश्यकता औँल्याउदै यसो हुन सकेमा किसानहरुको उत्पादनले पनि उचित मुल्य पाउने बताउनुभयो ।

कार्यक्रममा राष्टिय मानव अधिकार प्रतीष्ठान सल्यानका सभापती तथा रेडियो कपुरकोटका सचिव मधुसुदन गिरि, कालिका मावि कपुरकोटका निमित्त प्रधानाध्यापक चुडामणि के सी, उमावि किमुचौरका शिक्षक श्याम कुमार के सी, जडिबुटि सञ्जाल राप्तीका सचिव प्रेम कुमार आचार्य, उद्योग वाणिज्य संघ सल्यानका सदस्य कृष्ण कुमार शर्मा लगाएतकाले मन्तव्य राख्दै तालिममा सिकेका ज्ञान र सिपलाइ सहभागीहरुले खेतबारिमा गएर प्रयोग गर्नुपर्ने बताउनुभएको थियो ।

७ दिन सम्म चल्ने तालिममा सहभागीहरुलाइ जडिबुटि खेती गर्ने तरिका र उपयुक्त समय, नर्सरि व्यवस्थापन तथा प्रशोधन जस्ता महत्वपूर्ण विषयमा प्रशिक्षण दिइने कार्यालयले जनाएको छ । तालिममा सल्यान जिल्लाका विभिन्न गाविसका १५ जना प्रतीनिधी किसानहरुको सहभागीता छ ।

तालिमको क्रममा सहभागीहरुलाइ मुलपानी वनस्पति उद्यान भित्र रहेका टिमुर, काउलो, तेजपात, सुगन्धकोकिला जस्ता जडिबुटिको नर्सरि तयार पार्ने विधि,
संकलन, भण्डारण तथा प्रशोधनका तरिकाहरु प्रयोगात्मक रुपमा सिकाउने कार्यक्रम पनि रहेको छ । उद्यानमा अहिले ३ सय ३० प्रजातीका वनस्पति संरक्षित रहेका छन्

कार्यालय प्रमुख जिवन पाण्डेको सभाध्यक्षता, सहायक वन अधिकृत विष्णु प्रसाद शर्मा अर्यालको प्रमुख आतीथ्यता र फेकोफनका केन्द्रीय सदस्य घनश्याम शर्माको विशिष्ट आतीथ्यतामा भएको उद्घाटन कार्यक्रममा कार्यालयकै हेड फिल्ड अधिकृत कृष्ण पुनले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन शान्ति शर्माले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी आर्थिक वर्षमा करिब १ खर्बको काठ बेच्ने लक्ष्य छ: मन्त्री चौधरी संसद्ले नै बनाएको सरकारले संसद्लाई नै उपेक्षा गर्‍यो भने संसद्को अवस्था के हुन्छ ?: सांसद पन्त त्यो सभाहलजस्तो छैन, फिल्म हलजस्तो बनाइएको छ: ऐन महर संसदमा निरन्तर माग हुँदा पनि सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गरेर ल्याउन सक्नुभएको छैन: हर्कराज राई सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभामा आज आर्थिक सर्वेक्षण प्रस्तुत हुँदै वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू