2026-07-25 03:28 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

धनवाङमा एमालेले सर्वसम्मत रुपमा नेतृत्व चयन गर्यो

uml salyan1फागुन १९, सल्यान । नेकपा एमाले धनवाङ सल्यानले सर्वसहमत रुपमा नयाँ गाउँ कमिटी चयन गरेको छ ।

कपुरकोटमा सम्पन्न एमाले धनवाङको आठौँ गाउँ अधिवेशनले भुपाल बुढाको अध्यक्षतामा २१ सदस्यीय नयाँ कमिटी सर्वसहमत रुपमा चयन गरेको हो । जसको उपाध्यक्षमा चित्र बहादुर थापा, सचिवमा शंकर के.सी., सहसचिवमा ठक बहादुर विक रहेका छन् । नव निर्वाचीत पदाधीकारिहरुलाइ एमाले सल्यानका उपसचिव भिम बहादुर सेनले सपथ खुवाएका थिए ।

यस अघि भएको खुल्ला शत्र कार्यक्रमलाइ सम्बोधन गर्दै नेकपा एमालेका केन्द्रीय सदस्य तथा राप्ती अञ्चल इन्चार्ज गुलावजंग शाहले हरेक दललाइ समेटेर नेतृत्वदायी भुमिका निर्वाह गर्दै राष्ट्रियताको पक्षमा उभिने पार्टि नेकपा एमाले नै भएकोले आम जनताको विश्वास अहिले नेकपा एमालेप्रती रहेको बताए ।

uml salyan

कार्यक्रममा एमाले सल्यानका अध्यक्ष हरि के सी, उपाध्यक्ष गोविन्द पुन, सचिव सिपि ओली, उपसचिव भिम बहादुर सेन लगाएतकाले पनि बोल्नुभएको थियो ।

अधिवेशन उद्घाटन कार्यक्रममा एमाले जिल्ला कमिटी तथा क्षेत्रीय कमिटी सदस्यहरु, छिमेकी गाविसका एमाले अध्यक्षहरु, धनवाङमा क्रियाशिल विभिन्न राजनीतीक दलका प्रमुखहरु लगाएतकाले शुभकामना मन्तव्य राखेका थिए । यसैविच कार्यक्रमको अवसरमा ३ दर्जन बढिले विभिन्न पार्टि परित्याग गरि नेकपा एमालेमा प्रवेश गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक