भदौ २५, काठमाडौं । नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर ३० रुपैयाँ ५२ पैसा र बिक्रिदर ३० रुपैयाँ ६८ पैसा रहेको छ ।
त्यस्तै, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ४४ र बिक्रिदर ३१ रुपैयाँ ६१ पैसा छ । युएई दिर्हाम एकको खरिददर ३१ रुपैयाँ १७ पैसा र बिक्रिदर ३१ रुपैयाँ २३ पैसा तोकेको छ ।
मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ६२ पैसा र बिक्रिदर २७ रुपैयाँ ७६ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर १० रुपैयाँ १४ र बिक्रिदर १० रुपैयाँ २० पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३ सय ७७ रुपैयाँ ९३ पैसा छ भने बिक्रिदर ३ सय ७९ रुपैयाँ ९९ पैसा रहेको छ ।
बहराइन दिनार एकको खरिददर ३ सय ३ रुपैयाँ ६१ पैसा र बिक्रिदर ३ सय ५ रुपैयाँ २० पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।