भदौ २५, काठमाडौं। तलबी कर्मचारीलाई लक्षित गर्दै सर्वाधिक व्याजदर दिने गरी ल्याइएको एनएमबी तलब खाताले नेपालभर उत्साहजनक सहभागिता हासिल गरेको छ ।
निक्षेपमा ७ प्रतिशत उच्च ब्याज दर प्रदान गरिने खातामा बैंकले विभिन्न सुविधा निःशुल्क उपलब्ध गराएको छ । जसमध्ये एनएमबी डिलाइट कार्ड पनि रहेको बैंकले जनाएको छ । कार्डबाट खातावालाले देशभर छरिएर रहेका जुनसुकै बैंकको एटीएमबाट पैसा झिक्दा शुल्क नलाग्नुका साथैे ५ लाख रुपैयाँसम्म दुर्घटना बीमाको सुविधा समेत खातामा रहेको छ ।
‘नेपाल सरकारको हरेक कर्मचारीको एक तलब खाता’ हुनुपर्ने नियम राजपत्रमा प्रकाशित गरेर अनिवार्य भएसँगै सर्वश्रेष्ठ सुविधा सम्पन्न तलब खाता ल्याउने एनएमबी पहिलो बैंक हो । ‘एनएमबी तलब खाताले बजारमा पाएको सकारात्मक प्रतिक्रियाले हामी निकै उत्साहित छौ र निकट भविष्यमा पनि यस्तै सुविधायुक्त सेवा बजारमा ल्याउन थप प्रोत्साहित भएका छौं,’ एनएमबीले जनाएको छ ।