२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

राज्य प्रधानमन्त्रीको हातमा नभएको जनाद्र्धन शर्मा प्रभाकरको भनाई

२०७३, १४ बैशाख मंगलवार १४:१५

नविन रावत/बैशाख १४, सल्यान । एनेकपा माओवादीका स्थायि समिति सदस्य जनाद्र्धन शर्मा प्रभाकरले प्रधानमन्त्री केपि वलीको हातमा राज्य नभएको बताएका छन । केपि वलीको नेतृत्वमा राज्य भएको देखिएता पनि वर्तमान राज्य दलाल पुजिपती वर्ग, नोकरशाही पुजीपतीको वर्गको हातमा भएको स्वीकारेका छन । सत्ता साझेदार दल एमाओवादीका नेता प्रभाकरले पार्टीका सहायक संगठन वाइसिएल सल्यानको जिल्ला सम्मेलन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले माओवादीले भनेको राज्य नबनेको भन्दै ती दलाल नोकरशाही पुजीपतीका विरुद्ध लड्न बाँकी रहेको बताएका छन ।

salyan news ss
अधिकार विहिनहरुले अधिकार पाउने व्यवस्थाको लागि लडेको थियो । माओवादीले अधिकार दिन मात्रै लडेको बताएका छन । महिलाहरुले पाएको सम्पत्ती र छोराछोरीको अधिकार पाएको, दलितहरुले अधिकार पाएको, किसानले अधिकार पाएको भन्दै माओवादीले लडेर रगत बगाएर अलिहेको अधिकार आएको बताएका छन ।

माओवादीका कारण समानुपातिक समावेशी राष्ट्र निर्माण भएको भन्दै उनले जनताका मौलिक अधिकारहरुको जिम्मा राज्यले लिनुपर्ने गरि राज्य निर्माण हुनुपर्ने बताए । धनिका लागि अधिकारको अर्थ नभएता पनि गरिव र तल्लो तहका निमुखा वर्गका लागि अधिकार स्थापित भएको र त्यो माओवादीको दश वर्षे जनयुद्धले स्थापित गरेको बताएका छन ।

एमाओवादी ६ नं. प्रदेशका इन्चार्ज समेत रहेको जनाद्र्धनले जनताको घर आँगनमा स्थापित हुने सरकार नै स्थानिय सरकार हो भन्दै ६ नं प्रदेश आत्मनिर्भर हुनका लागि यो प्रचुर सम्भावना बोकेको बताएका छन । यो प्रदेशमा आफुले झकिझकाउन बनाउने सपना देखेको र त्यहि सपनालाई योजनामा बदलेको अनि कार्यान्वयनमा जानको लागि इच्छा शक्ति जगाउनु आवश्यकता भएको बताएका छन ।

स्रोत र जनशक्ति भएपनि पुजी नभएको भन्दै सबैसंगको पुजीको जम्मा गरि एकिकृत विकासमा जानुपर्ने बताउदै एउटा किसानको आम्दानीलाई हाइड्रोपावर, सिमेन्ट कारखाना र पर्यटकिय क्षेत्रमा लगाउने पनि बताएका छन ।
संविधान सहमतिमा बनाउने गरि दोस्रो संविधान सभामा प्रवेश गरेको माओवादीलाई एमाले काग्रेशले २ तिहाइको कुरा गरेर पेलेको बताएका प्रभाकरले संविधान सहमतिमा बनाउन एमाओवादीले पहल गरेको बताएका छन ।

यो संविधान माओवादीकै कारणले बनेको भनेर एमाले काग्रेशका नेताहरुले पनि स्वीकारेको भन्दै माओवादीले नै संविधान बनाएको बताएका छन । उनले अव छिट्टै सबै माओवादी पार्टी एकहुने पनि बताएका थिए ।

कार्यक्रममा सल्यान क्षेत्र नम्बर १ का संसद तथा पार्टीका केन्द्रिय सदस्य टेक बहादुर बस्नेतले सविधानमा भएका अधिकार पाउन जनताले फेरि एक पटक लडनु पर्ने र त्यसकै लागि वाइसएिलको आवश्यक्ता भएको वताएका छन । सल्यानमा यस अघि भएका घटना निर्मला बि क प्रकरण, जिविस प्रकरणमा दोषिले कार्वाहि नपाएको भन्दै यस्ता अन्याय र अत्याचारलाई अन्त्य गर्न ं वाइसिएलको आवश्यकता भएको बताएका छन । कार्यक्रमलाई संगठनका केन्दिय महासचिव राम प्रसाद सापकोटा, जिल्ला अध्यक्ष कर्ण बहादुर बुढाथोकीले पनि सम्बोधन गरेका छन ।

शोभाराम भण्डारीको अध्यक्षत तथा दिपक वलीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको संचालन प्रकाश भण्डारीले गरेका छन । सम्मेलन बुधबार सकिने छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु