2026-06-17 12:20 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दक्षिण कोरिया, मौरिसस, माल्दिभ्स, माल्टा पठाइदिने भन्दै सयौं नेपाली युवा दिल्लीमा अलपत्र

भदौ ३१, नयाँदिल्ली | वैदेशिक रोजगारको अवैध गिरोहद्वारा पछिल्लो समय मौरिसस, माल्दिभ्स, न्युजिल्यान्ड, माल्टा, दक्षिण कोरिया पठाइदिने भन्दै सयौं नेपाली युवायुवतीलाई भारतका नयाँदिल्ली लगायत सहरमा पुर्याउने र अलपत्र पार्ने क्रम बढेको छ ।

यसरी ल्याइएका युवाहरूलाई ती गिरोहले पासपोर्ट नियन्त्रणमा लिने र चाडै उडाइने भन्दै महिनौं अलपत्र पार्ने गरका छन् । यस्तै नियति भोगेका छन् पोखराका शौरभ छेत्री तथा गोर्खाका रमेश बराम, निरञ्जन गुरुङ र राजेन्द्र गुरुङले ।

माल्दिभ्सको एउटा रिसोर्टमा काम लगाइने र मासिक कम्तीमा पनि ३ सय अमेरिकी डलर पाइने प्रलोभनमा पारेर डेढ लाख रुपैयाका दरले दलाललाई रकम बुझाएको उनीहरूले बताए । तर, दुई महिनामा दिल्लीमा उनीहरूले पाएको मानसिक र शारीरिक पीडा सामु त्यो रकम केही होइन भन्छन् उनीहरू । ‘जीवनमा नचिताएकोदुःख पाइयो, न बस्नेठाउ छ न खानलाई पैसा,’ छेत्रीले भने।

उनीहरूलाई दिल्ली पुगेको दुई दिनमै उडाइने आश्वासन दिइएको थियो तर महिना दिन बित्यो । उनीहरूलाई अलमल्याउन एक दिन दिल्लीकै एउटा ट्राभल एजेन्सी समेत पुर्याइयो । ती एजेन्टसामु उक्त ट्राभल एजेन्सीका कर्मचारीले अब सबै प्रक्रिया पूरा भइसकेको छ, चाडै उडाइने भन्दै आश्वासन दिए । त्यो सुनेर उनीहरूलाई केहि राहत मिल्यो । तर पछी त्यहि ट्राभल एजेन्सी पुग्दा उनीहरू छागाबाट खसेजस्तो बने । किनकि ट्राभल एजेन्सीमा पहिलेका आश्वासन दिएका कुनै पनि कर्मचारी थिएनन् । 

पिडितहरुको रकमै डुब्ने चिन्ता भइरहेका बेला उनीहरूमाथि अर्को तनाव थपियो । घर साहुले उनीहरूसंग भाडा माग्न थाले । बुझ्दा कोठाभाडा मात्र भारु डेढ लाख नाघिसकेको रहेछ । कोठा

भाडामा लिने कुमारले सुरुदेखिकै रकम बुझाएका रहेनछन्। तिनै कुमारले छेउछाउका अन्य घरमा पनि त्यसैगरी कोठा लिएर नेपाली युवालाई राखेका रहेछन् र ती सबैको ठाको भाडा हिसाब

गर्दा डेढ लाखभन्दा बढी पुगेको रहेछ । ‘हामीलाई जस्तै मोरिसस, माल्टा, कोरिया, न्युजिल्यान्ड पठाउनेभन्दै यहा ल्याएर राख्ने रहेछन्, पछि पो थाहा भयो,’ छेत्रीलेभने । त्यति ठूलो रकम उनीहरूले तिर्न सम्भव थिएन । त्यसपछि ती घरसाहुले भाडा नतिरसम्म सामान पनि फिर्ता नहुने भन्दै कोठामा ताल्चा लगाइदिए । त्यसपछि उनीहरू सहयोगका लागि दूतावासको सम्पर्कमा आएको उनीहरूको भनाइ छ । आफ्ना पासपोर्ट लगायत सामान फिर्ता पाऊ भनी उनीहरूले दिएको लिखित उजुरीका आधारमा दूतावासले कारबाही अगाडि बढाएको छ । 

- आजको कान्तिपुरमा सुरेशराज न्यौपानेले लेख्नुभएको छ  । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ