2026-09-08 01:17 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

जनता देखाएर मागेको रकम जनतालाई देउः प्रजिअ पौडेल

नविन रावत, बैशाख २८, सल्यान । सल्यानका प्रजिअ दुर्गादत्त पौडेलले जनता देखाउदै भिख मागेर ल्याएको बजेट जनता सम्म पु¥याउन एनजिओहरुलाई आग्रह गरेका छन ।

जनता गरिव दुःखि छन विदेशीबाट मागेको रकम जनस्तर सम्म पुग्नुपर्छ भन्दै देशभरमा एनजिओको २५ प्रतिशत मात्रै वास्तविक ठाउँमा पुग्ने आरोप आएका बेला बरु एक छाक नखाएर भएपनि जनसेवा गर्न आग्रह गरेका छन ।

कार्यक्रममा बाँडिने भत्ता, स्टेशनरी, खाजा मात्रै वचाएर जनताको लागि लगाउन सके साँच्चिकै राम्रो काम हुने भन्दै आफु गैर सरकारी कार्यालयहरुले गर्ने भत्ता, खाजा र स्टेशनरीको विरोधी भएको बताएका छन ।

युएसएआइडिको सहयोग तथा दलित विकास समाजको आयोजनामा भएको पहल कार्यक्रम क्रियाकलाप अभिमुखिकरणलाई सम्बोधन गदै उनले एनजिओका कार्यक्रम राम्रा छन बरु दत्तचित्तका साथ लाग्नुहोस भनेका छन ।

२०१४ को नोभेम्बरबाट संचालित पहल कार्यक्रम हाल मध्ये तथा सुदुर पश्चिमका १४ जिल्लामा संचालनमा रहेको छ । पहाडि र उच्च पहाडी क्षेत्रका जोखिममा रहेका समुदायको खाद्य सुधारको लक्ष्य राखि संचालन गरिएको पहल कार्यक्रम पहिलो चरणमा सल्यानका ६ गाविसमा संचालनमा रहेको र अर्को बर्ष थप ६ गाविसमा संचालन गरिएको आयोजक संस्था दलित विकास समाजका अध्यक्ष निम बहादुर नेपालीले जनाएका छन ।

पहल परियोजनाले पोषण तथा सरसफाई, विपद जोखिम न्यूनिकरण, वैकल्पीक जीविकोपार्जन, कृषि र प्राकृतिक स्रोत व्यवस्थापनमा काम गर्ने जनाएको छ । हाल सल्यानका दमाचौर, लेखपोखरा, निगाल्चुला, कुपिण्डेदह, लक्ष्मिपुर र कालिमाटी रामपुर गरि ६ गाविसमा परियोजना संचालनमा आएको कार्यक्रम संयोजक दुर्गा पुनले जानकारी दिएका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल