2026-09-08 01:14 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

रोजगारीको प्रलोभन देखाई ठगी गरेको आरोपमा एक युवक पक्राउ

असोज ६, सिन्धुली | सिन्धुलीको दूधौली नगरपालिकामा युवायुवतीलाई रोजगारीको प्रलोभन देखाई ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । 

शैक्षिक सामग्री वितरण केन्द्रका नाममा तालीमको आयोजना गर्ने केन्द्रका दिगम्बर शाहलाई प्रहरीले पक्राउ गरेको हो । शाहलाई हिजो पक्राउ गरिएको र आज जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा थप अनुसन्धान गरेपछि घटनाको यथार्थ जानकारी आउने जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । 

स्थानीय बासिन्दाको कडा दबाबपछि प्रहरीले शाहलाई पक्राउ गरेको हो । ठगी गरेको आरोप लागेका व्यक्तिलाई स्थानीयवासीले बारम्बार पक्राउ गर्न आग्रह गरे पनि प्रहरीले भगाउन खोजेको थाहा पाएपछि आन्दोलन गर्नुपरेको स्थानीयवासी रवीन्द्र देवकोटाले बताउनुभयो । 

स्थानीयवासीको विरोध र सडकमा काठका मुढा, ढुङ्गा राखेर सडक नै अवरोध पारेपछि प्रहरीले शाहलाई पक्राउ गरेको छ । सिन्धुलीको दूधौली नगरपालिका–२ हत्पते भलुवाहीमा रोजगारीका लागि नेतृत्व विकास तालीम दिने भन्दै सिन्धुलीसहित अन्य जिल्लाका युवायुवतीलाई फसाएको भन्दै स्थानीयवासीले विरोध गरेका छन् । 

शैक्षिक सामग्री वितरण केन्द्रले कर्मचारी आह्वान गरेर हत्पतेको रतनपुर जङ्गलमा तालीमको बाहना गर्दै सिन्धुली, उदयपुर, डडेल्धुरा, बझाङलगायत जिल्लाका २५ जना युवायुवतीलाई बेचबिखन गर्न लागिएको समेत स्थानीयवासीले आरोप लगाएका छन् । 

हाल शाहलाई इलाका प्रहरी कार्यलय डकाहामा राखिएको छ । शाहको साथबाट शैक्षिक सामग्री केन्द्रको वैधानिकता खोजी गर्दा दिनेश कार्कीको नाममा रहेको पुस्तक पसल भएको खुल्नआएको दूधौली नगरपालिका–२ नं वडाध्यक्ष रितेश राउते बताउनुभयो । 

स्थानीयवासीले आरोपितसँग प्रहरीचौकी हत्पतेका इञ्चार्ज प्रहरी सहायक निरीक्षक नवलकिशोर यादवको समेत संलग्ना भएको आरोप लगाउँदै कारवाहीको माग गरेका छन् । 

सुदूरपश्चिम तालीम केन्द्रका नाममा तालीम सञ्चालन गरिएको, फारम भरिसकेपछि उसले देउराली स्कुलमा लगेर छनोट गरेको र त्यसपछि बर्दिवासमा रहेको नवक्षितिज क्याम्पसमा लगेर सिटिजन लाइफ इन्स्योरेन्सको बारेमा जानकारी गराएको थियो । 

यसअघि पनि दूधौली नगरपालिकाको विभिन्न क्षेत्रमा रोजगारीको प्रलोभन देखाई ठगी गरी सातजना युवती बेचबिखनका लागि भारततर्फ लैजान लागेको भन्दै प्रहरीले दुई वर्षअघि पनि एक जनालाई पक्राउ गरेको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल