Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

कपुरकोटका ६ विद्यालयमा पुस्तकालय स्थापना

२०७५, १० आश्विन बुधबार १५:५३

असोज १०, सल्यान | सल्यानको कपुरकोट गाउँपालिकामा ६ वटा पुस्तकालय स्थापना भएका छन् । गाउँपालिकाभित्रका ६ वटा सामुदायीक विद्यालयमा साक्षरता कार्यक्रम अन्तर्गत पुस्तकालय स्थापना भएका हुन् ।

कपुरकोट गाउँपालिकाको समन्वय तथा रुम टू रिड कार्यक्रमको सहयोगमा दलित विकास समाज सल्यानले सञ्चालन गरिरहेको साक्षरता कार्यक्रम अन्तर्गत पुस्तकालय स्थापना गरिएको साक्षरता कार्यक्रमका जिल्ला संयोजक टेकराज शाहीले जानकारि दिएका छन् ।


यस क्रममा बुधबार कालिका मावि कपुरकोटको पुस्तकालय गाउँपालिका अध्यक्ष भिम बहादुर सेनले उद्घाटन गरेका छन् । सो क्रममा उनले मानिसलाइ ज्ञानको महासागरमा पुर्याउन र शशक्त बनाउन पुस्तकको महत्व रहेको बताए । अध्यक्ष सेनले गाउँपालिकाभित्र रहेका पुस्तकालयहरुमा पुस्तकको संख्या थप्दै लैजाने पनि प्रतिवद्धता जनाए । विद्यालय व्यवस्थापन समितीका अध्यक्ष रुद्रविर कवरको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका शिक्षा शाखा प्रमुख कृष्ण भण्डारी, शिक्षक महासंघ कपुरकोट गाउापालिकाका अध्यक्ष श्याम कुमार केसी, रुम टू रिडका कार्यक्रम अधिकृत बाबुराम पोख्रलेलले बोल्दै एक ठाउँमा बसेर अनेकथरि ज्ञान प्राप्त गर्न सकिने भएकाले पुस्तकालयको महत्व निकै रहेको बताएका थिए ।


कार्यक्रममा पत्रकार महासंघ कर्णालि प्रदेशका सदस्य सन्तोष घर्ती, महासंघकै सल्यान जिल्ला सचिव शंकर के सी, नेपाल राष्टिय शिक्षक संगठन कपुरकोटका अध्यक्ष पदम खड्का, कालिका माविका प्रअ कुल बहादुर बुढा लगाएतको सहभागीता थियो । शिक्षक मधुसुदन गिरीले सहजीकरण गरेको कार्यक्रममा चुडामणि केसीले स्वागत मन्तव्य राखेका थिए । विभिन्न प्रतियोगीता र क्रियाकलापमा उत्कृष्ट हुने विद्यार्थीलाइ सो अवसरमा पुरस्कृत पनि गरिएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै