२०८३, १० बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नुवाकोटमा एक शिक्षक मृत भेटिए, शरीरको विभिन्न अङ्गमा चोट

२०७५, १३ आश्विन शनिबार ०१:५२

असोज १३, बेत्रावती | दुप्चेश्वर गाँउपालिका–३ राउतबेँसीस्थित नवज्योती प्राथमिक विद्यालयका प्रधानाध्यापक गणेश पण्डित शुक्रबार साँझ मृत अवस्थामा भेटिएका छन् । 

दुप्चेश्वर–७ अम्बोटेका ४५ वर्षीय पण्डित बिहीबार विद्यालयमा पढाउन गएर फर्कने क्रममा हराएकोमा घर नजिकै बाँसबोटे भन्ने जङ्गलमा मृत भेटिएको जिल्ला प्रहरी प्रमुख बसन्त कुँवरले जानकारी दिनुभयो । 

जङ्गल क्षेत्रमा भीरबाट लडेको जस्तो देखिए पनि उनको शरीरको विभिन्न अङ्गमा चोट लागेको, लडेको स्थानभन्दा केही परसम्म समेत रगत देखिएकाले घटनामा अपराध भएको हुनसक्ने भन्दै प्रहरीले अनुसन्धान शुरु गरेको छ । शव परीक्षणको लागि जिल्ला अस्पताल त्रिशूलीमा ल्याइएको छ । 

रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कानूनमन्त्री गौतमसँग जापानका राजदूतको भेट मन्त्रिपरिषद् बैठकको तीन निर्णय सार्वजनिक विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै सुन-चाँदीको मूल्य घट्यो राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु