Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०८३ बैसाख १० गते, अपराह्न ३:१९ बजे काठमाडौँ - KTM, मुख्य समाचार, राजनीति

राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

काठमाडौँ | राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद् बैठक आह्वान गर्नुभएको छ । मंगलवारको मन्त्रिपरिषद् बैठकको सिफारिसमा वैशाख १७ गते बिहीबार दिउँसो २ बजेका लागि राष्ट्रपति पौडेलले दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको हो ।

यो अधिवेशन बजेट अधिवेशन पनि हो । जेठ १५ गते सरकारले आगामी आर्थिक वर्षका लागि संसद्मा बजेट पेस गर्नुपर्छ । बजेटअघि प्रि–बजेट छलफलसमेत हुने प्रावधान छ ।