2026-10-19 11:43 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल

काठमाडौँ | नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले हालै सम्पन्न निर्वाचनमा पार्टीले भोगेको पराजयको गम्भीर समीक्षा गर्नुको सट्टा वामपन्थी एकताको असान्दर्भिक बहस अघि सारिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । शनिबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले नेपाल कम्युनिष्ट पार्टी (एमाले) का लागि अहिलेको मुख्य कार्यसूची पार्टी पुनर्गठन रहेको स्पष्ट पारे ।

उनले निर्वाचनपछि पार्टीभित्र र बाहिर उठाइएको वाम एकताको बहसप्रति प्रश्न उठाउँदै यस्तो चर्चा पर्दाभित्रबाट कसले र किन चलाइरहेको हो भन्ने जिज्ञासा व्यक्त गरेका छन् । पौडेलले लेखेका छन्, ‘निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो। यस यथार्थबाट ध्यान मोड्ने गरी वामपन्थी एकताको असान्दर्भिक चर्चा किन र कसले चलाइरहेका छन् ?’

२१ फागुनमा सम्पन्न निर्वाचनपछि एमालेभित्र निराशा बढेको सन्दर्भमा केही नेताहरूले वाम ध्रुवीकरण वा एकताको आवश्यकता औँल्याउँदै आएका छन् । तर पौडेलले भने अहिले एकताको बहसभन्दा पनि हारको वस्तुनिष्ठ समीक्षा गर्दै संगठन सुदृढीकरणमा केन्द्रित हुनुपर्नेमा जोड दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ