2026-10-21 12:34 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

असनमा आजदेखि हरेक शनिबार सवारी निषेध

काठमाडौँ | काठमाडौँको ऐतिहासिक एवं सांस्कृतिक केन्द्र असन क्षेत्रको प्राचीन मौलिकता जोगाउन आज (शनिबार) देखि ‘भेहिकल फ्री असन’ कार्यक्रम विधिवत् रूपमा सुरु भएको छ । काठमाडौँ महानगरपालिकाले असनको सामाजिक, सांस्कृतिक तथा व्यापारिक गरिमालाई पुनर्जीवित गराउने उद्देश्यले हरेक शनिबार यस क्षेत्रमा सवारी साधन प्रवेशमा पूर्ण रोक लगाएको हो ।

आज वैशाख ५ गतेदेखि लागू हुने गरी असन प्रवेश गर्ने मुख्य नाकाहरूमा सवारी साधन चल्न दिइएको छैन । जमल (कमलाक्षी), भोटाहिटी, महाबौद्ध र इन्द्रचोकबाट असनतर्फ जाने सवारी साधनलाई रोक लगाइएको छ । असन आउने आगन्तुकहरूका लागि धरहराको भूमिगत पार्किङ, जमल बहाल र दरबार हाईस्कुल लगायतका स्थानमा पार्किङको व्यवस्था मिलाइएको छ । महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरका अनुसार, अब हरेक शनिबार असनमा सवारीको कोलाहल हुने छैन । त्यसको सट्टा यहाँ : रैथाने ज्ञान, सीप र परम्परागत कलाको प्रदर्शनी हुनेछ ।

स्थानीय बाजागाजा, गायन र नृत्यका कार्यक्रमहरू सञ्चालन गरिनेछन् । परम्परागत व्यापारिक क्रियाकलाप र आयुर्वेदिक औषधिहरूको प्रवर्द्धन गरिनेछ । महानगरपालिकाको वडा नं. २७ को नेतृत्व र स्थानीय क्लबहरूको सक्रियतामा सुरु भएको यस अभियानले असनको वायु प्रदूषण कम गर्न र पैदल यात्री, विशेष गरी बालबालिका तथा ज्येष्ठ नागरिकलाई हिँडडुल गर्न सहज बनाउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ