२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीमा औषधि अभाव, बिरामी सङ्ख्या बढ्दो

१८ आश्विन २०७५, बिहीबार ०२:३४

असोज १८, बैतडी (रासस) | समयमा औषधि खरिद गर्ने प्रक्रिया अघि नबढाइँदा बैतडीमा औषधि अभाव भएको छ । जिल्लाका सबै स्वास्थ्य संस्था स्थानीय तहमा हस्तान्तरण भएपछि औषधि अभाव हुँदै आएको हो । धेरैजसो स्वास्थ्य संस्थामा औषधि अभाव भएको सम्बन्धित स्वास्थ्य संस्थाले जनाएका छन् । 

तल्लोस्वराड क्षेत्रका शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाका स्वास्थ्य संस्थामा पनि औषधि अभाव रहेको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीका स्वास्थ्य सहायक मुकेश दयालले जानकारी दिनुभयो । गाउँपालिकाभरिका स्वास्थ्य संस्थामा औषधि अभाव भएकाले खरिद प्रक्रिया अघि बढाइएको शिवनाथ गाउँपालिकाका स्वास्थ्य संयोजक जगदीश भट्टले बताउनुभयो । 

त्रैमासिक रूपमा आउने औषधि पछिल्लो समयमा नआएकाले स्वास्थ्य संस्थामा औषधि अभाव चुलिएको डिलाशैनी गाउँपालिकाका स्वास्थ्य संयोजक रामसिंह खत्रीले बताउनुभयो । समयमा औषधि खरिद गर्ने प्रक्रिया अघि नबढाइँदा स्वास्थ्य संस्थामा औषधि अभाव भएको हो उहाँले भन्नुभयो, “अहिले पनि धेरैजसो सकिएको छ, दशैँअघि औषधि खरिद गर्न नसकिए निःशुल्क औषधि अभाव हुने निश्चित छ ।” 

यस्तै पुरचौडी नगरपालिकाका सबै स्वास्थ्य संस्थामा केही दिनमै औषधि सकिने अवस्थामा रहेका उक्त नगरपालिकाका स्वास्थ्य संयोजक विनोदकुमार कुँवरले जानकारी दिनुभयो । स्वास्थ्यका कार्यक्रम अझैसम्म स्वीकृत नगरिएकाले तत्काल औषधि खरिद गर्न नसकिने र केही दिनमै औषधि अभाव हुने उहाँले बताउनुभयो । 

जिल्ला अस्पतालमा पनि पार्याप्त मात्रामा औषधि नभएको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख डा जगदीशचन्द्र विष्टले बताउनुभयो । औषधि खरिद प्रक्रिया समयमा शुरु नहुँदा औषधि अभाव हुने गरेको उहाँले बताउनुभयो । 

उता क्षेत्रीय मेडिकल स्टोरमा खरिद भएका औषधिका लागि ढुवानी रकम नहुँदा वितरण प्रक्रिया प्रभावित भएको बताइएको छ । 

सरकारले जिल्ला अस्पतालबाट ७०, प्राथमिक स्वास्थ्य केन्द्रबाट ५६ र स्वास्थ्य चौकीबाट ३५ प्रकारका औषधि निःशुल्क वितरण गर्ने निर्णय गरे पनि सबै प्रकारका औषधि स्वास्थ्य संस्थामा नपाइनाका साथै अहिले अत्यावश्यक औषधि पनि अभाव हुन थालेको हो । 

बिरामी सङ्ख्या बढ्दो 

जिल्लामा मौसमी ज्वरोका बिरामीको बढ्दै गएको छ । वर्षात्को समयमा दूषित पानी सेवनले जिल्ला अस्पतालमा हाल दैनिक एक सय बिरामी आउने गरेको अस्पतालले जनाएको छ । 

उपचारका लागि आउनेमध्ये धेरैजसो ज्वरोका बिरामी भएको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख डा विष्टले जानकारी दिनुभयो । नब्बे प्रतिशत बिरामीमा सफा पानी सेवन नगर्नाले समस्या देखिएको छ उहाँले भन्नुभयो, “वर्षात्को समयमा पानीका नयाँ मूलको पानी शुद्धीकरण नगरी पिउँदा यो समस्या आएको हो ।” मौसममा आएको परिवर्तनले रुघाखोकी, ज्वरो, झाडापखाला बिरामी बढेकाले खानपीनमा ध्यान दिनुपर्ने स्वास्थ्यकर्मीको सुझाव छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’ नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँः सञ्चारमन्त्री खरेल नागरिकको अपेक्षा र आवश्यकताअनुसार प्रदेश सरकारले काम गर्छ : मुख्यमन्त्री कँडेल ‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने आफ्नो अनुभवलाई प्राधिकरणको हितमा खर्चिने कार्यकारी निर्देशक शाक्यको प्रतिबद्धता निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन सहयोगका लागि प्रधानमन्त्रीको अनुरोध प्रतिनिधिसभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ :प्रधानमन्त्री कार्की चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना सुनचाँदीको मूल्य बढ्यो