कमल घिमिरे।पाँचथर,असोज १८
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कमल घिमिरे।पाँचथर,असोज १८
२० मंसिर २०८२, शुक्रबार
पाँचथर - PCT

फिदिम नगरपालिकाको कार्यपालिका ले गर्यो थप निर्णय

१८ आश्विन २०७५, बिहीबार १३:४०

कमल घिमिरे।पाँचथर,असोज १८
पाँचथरको फिदिम नगरपालिकाको मंगलबार बसेको कार्यपालिकाको वैठकले ११ वटा विभिन्न निर्णयहरु गरेको छ ।
नगरपालिकाको नगर प्रहरी ब्यवस्थापन कार्यविधी ०७५ सर्वसम्मत स्वीकृत गर्ने निर्णय पारित गरेको छ । यस्तै होमेस्टे संचालन कार्यविधी ०७५ लाई सर्वसम्मत स्वीकत गर्ने निर्णय पारित गरिएको हो ।
स्थानिय सरकार संचालन ऐन ०७४ को दफा १४(२) बमोजिम यस नगरपालिकाको काम कारवाही ब्यवस्थित गर्न लगानी भित्रयाउन,दाताहरुसँग समन्वय गर्न,परियोजना प्रस्ताव तयार गर्न एक्सपर्ट पोल विज्ञ समूह गठन गर्ने निर्णय सर्वसम्मत पारित गरिएको हो ।
त्यसैगरी नगरपालिकाको निर्णयहरु गर्नका लागि फिदिम नगरपालिका कार्यसम्पादन नियमावली सर्वसम्मत पारित गरियो । जसमा प्रकाश गुरुङको संयोजकत्वमा ३ सदस्य समिती रहेका छन् । यस्तै फिदिम माविलाई प्राविधिक शिक्षालय अनुमति दिने निर्णय सर्वसम्मत पारित गरिएको छ ।
त्यसैगरी डिभिजन सडक पाँचथरलाई मेची राजमार्गको लगत तयार गर्न अनुरोध गर्ने निर्णय सर्वसम्मत पारित गरिएको हो । यस्तै नगरपालिका काम कारवाही ब्यवस्थित गर्न कारवाही फिदिम नगरपालिकाका प्रवक्ता नरेन्द्र गुरुङको संयोजकत्वमा ३ सदस्य समिती गठन गरिएको हो । त्यसैगरी कार्तिक २५ गते महागुरु फाल्गुनन्द जन्मजयन्तिको पावन अवसमार आयोजना हुने कार्यक्रमलाई नगर कार्यपालिकाको कार्यालय बाट निर्णय गरी आर्थिक सहयोग गर्ने निर्णय सर्वसम्मत पारित गरिएको छ ।
त्यसैगरी नगरपालिका क्षेत्रभिका सम्पूर्ण विद्यालय र स्वास्थ्य चौकीहरुको आ.व ०७४÷०७५ को अन्तिम लेखा परिक्षण गर्ने,गराउने जिम्मा नगर कार्यपालिकाको कार्यालयलाई दिने निर्णय गरिएको छ ।
त्यसैगरी फिदिम नगरपालिकाको सम्पूर्ण योजना कार्यक्रमहरुको कार्यान्वयन गर्नका लागि सम्बन्धित वडाका वडा समितीको बहुमतको निर्णयले उपभोक्ता समिती गठन गर्ने निर्णय सर्वसम्मत पारित गरिएको नगरपालिकाका प्रवक्ता नरेन्द्र गुरुङले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान