२०८३, १४ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

चाडपर्वलाई लक्षित गरी पाँचथरको फिदिममा गरियो बजार अनुगमन

२०७५, १९ आश्विन शुक्रबार १२:५३

कमल घिमिरे पाँचथर ,असोज १९,चाडपर्वलाई लक्षित गरेर पाँचथरको फिदिममा आज बजार अनुगमन गरिएको छ । अनुगमनका क्रममा फिदिमका दैनिक उपभोग्य सामाग्री विक्री गर्ने पसलहरुमा मूल्य सूची नराखिएको पाइएको हो ।

ठूला पसलहरुले मात्रै मूल्य सूचीहरुयस्तै कतिपय पसलहरुले खाद्यन्न विक्री गर्ने पसलमा सम्वन्धित निकाय  बाट अनुमति नै नलिई सुर्तिजन्य पदार्थहरु विक्री वितरण गरेको पाइएको थियो ।

कतिपय पसलहरु दर्ता प्रक्रियामा नै नगई संचालनमा रहेको पाइएको र पहिल्यैको तुलनामा म्याद गुज्रिएका सामानहरु भने कम फेला परेको पाइएको अनुगमन समितीका संयोजक सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर बस्नेतले बताउनुभयो ।उहाँले भन्नुभयो,“होलसेलर पसलमा मात्रै मूल्य सूची राखेको र साना किराना पसलमा मूल्य सूची नराखिएको हुँदा उनीहरुलाई तिन दिन भित्र मूल्य सूची राख्न सुझाव दिएका छौ ।”

यस्तै उद्योग वाणिज्य संघ पाँचथरका अध्यक्ष दीपक नेपालले पहिल्यैको तुलनामा अहिले बजारमा म्याद गुज्रिएका सामानहरु भेटिएको बताउनुभयो । उहाँले भन्नुभयो,“अहिले उपभोक्ता पनि सचेत भएका र कम्पनीले पनि म्याद गुज्रिएका सामानहरु फिर्ता लैजाने हुँदा कम मात्रै म्याद गुज्रिएका सामानहरु भेटिएको हुन सक्छ ।”

सदरमुकाम फिदिम बजारमा पसल दर्ता भएका र म्याद गुज्रिएका सामानहरु कमै मात्रै भेटिन्छ तर गाउँका बजारमा भने दर्ता नै नगरी ब्यवसाय संचालन गर्ने गरेको,म्याद गुज्रिएका सामानहरु विक्री गर्ने गरेको पाइएको अनुगमन समितीमा संलग्न जिल्ला प्रशासन कार्यालयका नायव सुब्बा प्रकाश अधिकारीले बताउनुभयो

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी शोभा पाठक र महेश बस्नेतकी श्रीमतीबीच माइतीघरमा झडप सरकारको कार्यशैलीले नागरिक त्रसित हुनुपर्ने, दिक्दारी सृजना गर्ने अवस्था हुनु हुँदैन: प्रदीप पौडेल सुकुमबासी बस्तीमा आज पनि डोजर परिचालन कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे चयन शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता मन्त्रिपरिषद् बैठक बस्दै मोटरसाइकलको ठक्करबाट बाबु छोराको मृत्यु काँग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै कक्षा १२ को परीक्षा आजदेखि सुरु सुनचाँदीको मुल्य बढ्यो एसईईको नतिजा वैशाख महिनाको अन्तिम साता सार्वजनिक हुने अतिक्रमणमुक्त भए काठमाडौंका तीन बस्ती चट्याङ लागेर एक जनाको मृत्यु मनोहरा सुकुमबासी बस्तीमा डोजर चलाउन सुरु सुनचाँदीको मूल्यमा वृद्धि थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी