२०८३, १० बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एनआरएनएको पहिलो विधानसभा काठमाडौँमा शुरु

२०७५, २६ आश्विन शुक्रबार ०८:०३

असोज २६, काठमाडौं | गैरआवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद्ए (एनआरएनए) को विधानसभा काठमाडौँमा शुरु भएको छ । सन् २००३ मा स्थापनापछि पहिलो पटक विधानसभामार्फत संशोधनको विषय प्रवेश गरेको प्रवक्ता भुषण घिमिरेले जानकारी दिए । 

यसअघि अधिवेशनमा विधानका विषयमा छलफल हुने गरेको भए पनि विधान संशोधनकै लागि केन्द्रित रहेर आयोजना भएको विधानसभा भने यो पहिलो हो । सल्लाहकार डा.हेमराज शर्माको संयोजकत्वमा बनेको विधान समितिले सभामा संशोधन प्रस्ताव पेश गरेको घिमिरेले जानकारी दिए । आज दिनभर सो प्रस्तावमाथि छलफल हुनेछ । 

हाल तीन उपाध्यक्ष रहेकामा थपेर विषयगतरूपमा पाँच उपाध्यक्ष पुर्याउने गरी संशोधन प्रस्ताव पेश गरिएको छ । वैदेशिक रोजगार, लगानी, नेपालीले सिकेको सीप, प्रशासन र महिला हेर्ने गरी छुट्टाछुट्टै उपाध्यक्ष राख्न लागिएको हो । एनआरएनएको दुईवर्षे कार्यकाललाई तीन वर्षे बनाउने प्रस्तावमा उल्लेख छ । 

प्रतिएक हजार सदस्य बराबर १०० जना सम्मेलन प्रतिनिधि रहने गरेकामा यसपटक त्यसलाई समेत संशोधन गरिने प्रवक्ता घिमिरेले बताए । आज पारित संशोधन प्रस्ताव तीन महीनापछि बोलाइने विशेष महाधिवेशनमार्फत अनुमोदन गरिने जनाइएको छ । 

आजदेखि विश्व विज्ञ सम्मेलन 

विधानसभापछि पहिलो ‘विश्व विज्ञ सम्मेलन’ आज साँझदेखि शुरु हुँदैछ । साँझ ६ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मेलन उद्घाटन गर्ने कार्यक्रम छ । विज्ञ सम्मेलनमा कृषि, जलविद्युत् यातायात, वातावरण प्रदूषण नियन्त्रण, ऊर्जा, पूर्वाधार विकास, व्यावसायिक शीप, स्वास्थ्य र शिक्षालगायतका विषयमा छलफल हुने एनआरएनएका अध्यक्ष भवन भट्टले जानकारी दिए । 

गैरआवासीय नेपालीले विदेशमा सिकेको ज्ञान, सीपको उपयोग र यसमा आइपर्ने चुनौतीबारे छलफल तथा विभिन्न अध्ययन अनुसन्धान र अन्वेषणमा सहभागि विज्ञ, लगानीकर्ता र सरकारी प्रतिनिधिबीच अन्तरक्रिया हुनेछ । सम्मेलनमा नेपालसँग जोडिएका विदेशी विज्ञ, परराष्ट्रविद्, नीति निर्माता, स्वतन्त्र बुद्धिजीवि, निजी क्षेत्रकोसमेत सहभागिता रहने जनाइएको छ ।

कूल १६० कार्यपत्र प्रस्तुत हुने सम्मेलनमा ३५० प्रतिनिधि सहभागी हुनेछन् । सम्मेलनले विदेशी भूमिमा सिकेको सीप र पूँजीलाई नेपालको विकासमा लगानी गर्न वातावरण तयार पार्ने विश्वास लिइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ कानूनमन्त्री गौतमसँग जापानका राजदूतको भेट मन्त्रिपरिषद् बैठकको तीन निर्णय सार्वजनिक विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै सुन-चाँदीको मूल्य घट्यो राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा