2026-10-20 11:29 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ

काठमाडौँ | जिल्ला प्रहरी कार्यालय चितवनले ठुलो परिमाणको अवैध लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । भरतपुर महानगरपालिका वडा नम्बर २९, चौकी डाँडास्थित सडकखण्डमा भारतीय पिकअप गाडीमा लुकाएर लैजाँदै गरेको अवस्थामा प्रहरीले ९५ केजी ९६५ ग्राम गाँजा बरामद गरेको हो ।

गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले बिहान करिब ०९ः३० बजे बीआर ०१ पीइ६९४३ नम्बरको भारतीय पिकअप गाडीलाई चेकजाँच गरेको थियो। जाँचका क्रममा गाडीको सिटमुनि ’फल्स बटम’ (फल्स क्याबिन) बनाएर लुकाइराखेको अवस्थामा ३० वटा प्याकेटमा उक्त गाँजा फेला परेको प्रहरीले जनाएको छ । घटनामा संलग्न रहेको आरोपमा चितवन कालिका नगरपालिका वडा नं. ०३, पदमपुर बस्ने २७ वर्षीय देवचन्द्र स्याङ्तानलाई पक्राउ गरिएको छ । पक्राउ परेका स्याङ्तानले प्रति केजी ६ हजार रुपैयाँका दरले उक्त गाँजाको कुल मूल्य करिब ५ लाख ७५ हजार ७ सय ९० रुपैयाँ पर्ने बताएका छन् ।

प्रहरीले गाँजा र गाडी दुवै नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडि बढाएको छ । घटनामा संलग्न अन्य व्यक्तिहरूको पनि खोजी भइरहेको सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रबिन्द्र खनालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ