2026-09-10 05:11 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ

काठमाडौँ | जिल्ला प्रहरी कार्यालय चितवनले ठुलो परिमाणको अवैध लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । भरतपुर महानगरपालिका वडा नम्बर २९, चौकी डाँडास्थित सडकखण्डमा भारतीय पिकअप गाडीमा लुकाएर लैजाँदै गरेको अवस्थामा प्रहरीले ९५ केजी ९६५ ग्राम गाँजा बरामद गरेको हो ।

गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले बिहान करिब ०९ः३० बजे बीआर ०१ पीइ६९४३ नम्बरको भारतीय पिकअप गाडीलाई चेकजाँच गरेको थियो। जाँचका क्रममा गाडीको सिटमुनि ’फल्स बटम’ (फल्स क्याबिन) बनाएर लुकाइराखेको अवस्थामा ३० वटा प्याकेटमा उक्त गाँजा फेला परेको प्रहरीले जनाएको छ । घटनामा संलग्न रहेको आरोपमा चितवन कालिका नगरपालिका वडा नं. ०३, पदमपुर बस्ने २७ वर्षीय देवचन्द्र स्याङ्तानलाई पक्राउ गरिएको छ । पक्राउ परेका स्याङ्तानले प्रति केजी ६ हजार रुपैयाँका दरले उक्त गाँजाको कुल मूल्य करिब ५ लाख ७५ हजार ७ सय ९० रुपैयाँ पर्ने बताएका छन् ।

प्रहरीले गाँजा र गाडी दुवै नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडि बढाएको छ । घटनामा संलग्न अन्य व्यक्तिहरूको पनि खोजी भइरहेको सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रबिन्द्र खनालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको शिष्टाचार भेट कांग्रेस फुट्ने सम्भावना छ, १५औँ महाधिवेशन देउवाकै नेतृत्वमा हुन्छ: शशांक कोइराला आधिकारिकता विवादमा सर्वोच्चले निस्सा दिएपछि आधा जित भइसक्यो : देउवा बाढी प्रभावित विद्यार्थीलाई परामर्श दिएपछि मात्रै कक्षा सञ्चालन गर्न निर्देशन राष्ट्रियसभामा विधायन व्यवस्थापन समितिको प्रतिवेदन पेस विपद्‌मा घाउमा नुनचुक छर्किनेका लागि रास्वपामा स्थान छैन : रवि लामिछाने भदौ २३ र २४ का घटनामा निष्पक्ष छानबिन र कारबाही गर्न गगन थापाको माग नेप्से १५ अंकले घट्यो, ४ अर्ब २० करोडको कारोबार अहिले राजनीति गर्ने होइन, नागरिक बचाउने बेला हो : रवि लामिछाने भदौ १० का मृतक प्राकृतिक विपत्तिका होइनन्, जलवायु अन्यायका पीडित हुन् : रवि लामिछाने सहिदले न्याय कति वर्षमा पाउँछ सरकार ? : सांसद खत्री प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा जेनजी आन्दोलन सरकार परिर्वतनका लागि मात्रै नभइ संस्कार परिवर्तनका लागि भएको हो: सांसद केसी प्रतिनिधिसभाको बैठक सुरु प्रधानमन्त्री बालेन शाहले सुरक्षा प्रमुखसँग उच्चस्तरीय छलफल गर्दै रसुवा बाढीमा मृतकको संख्या १,३६७ पुग्यो एमाले बैठकमा संसद् पुनर्स्थापनाबारे छलफल हुन्छ : महेश बस्नेत जेनजी आन्दोलनको एक वर्षपछि ओलीले बालकोटबाट सम्बोधन गर्दै जापानमा नेपाली विद्यार्थीको हत्या आरोपमा तीन नेपाली पक्राउ भोटेकोशी बाढीमा मृत्यु हुनेको सङ्ख्या १,३६६ पुग्यो