७ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

खडेरी प्रभावितलाई दशैँको मुखमा राहत प्रदान

२७ आश्विन २०७५, शनिबार ०७:१९

कमल घिमिरे | असोज २७, पाँचथर । चाडपर्वको बेला सुक्खा क्षेत्र प्रभावित पाँचथरको तुम्बेवा गाउँपालिकाका खडेरी प्रभावित लाई आज राहात रकम प्रदान गरिएको छ । 

प्रदेश–१ सरकारले पाँचथरको कुम्मायक र तुम्बेवा गाँउपालिकाका ३ सय ३५ खडेरी प्रभावित कृषकहरूका लागि राहत दिएको हो । जनही ५ हजार रुपैयाका दरले राहात रकम दिएको गाउँपालिका ३ का वडाअध्यक्ष कमल थापाले जानकारी दिनुभयो । 

डेण हप्ता अघि प्रदेश सरकारले सुख्खाग्रस्ता क्षेत्रका लागि राहात रकम दिने निर्णय गरेको थियो । दशैँ तिहारको समय दिएको बेला उनीहरुलाई राहात पनि प्रभावकारी हुने भएको हुँदा यो समयमा राहात दिएको गाउँपालिका प्रमुख होमनाथ थापाले बताउनुभयो ।

चाडपर्वको बेला राहात दिएको भन्दै जनप्रतिनधी र प्रदेश सरकारलाई स्थानियले धन्यवाद दिएका छन् ।

कार्यक्रममा गाउँपालिका उपप्रमुख धनप्रसाद साँवा,नेकपाका नेता खड्ग बहादुर सम्हाफे,इलाका प्रशासन कार्यालय प्रमुख सरेन्द्र थापा लगायतले मनतब्य ब्यक्त गर्नुभएको थियो । कार्यक्रम संचालन सचिव खगेन्द्र कटुवालले गर्नुभएको थियो ।

शुभकामना मन्तव्यमा इलाका प्रशासन कार्यलय प्रमुख सुरेन्द्र थापा ,सम्पूर्ण पार्टीको तर्फबाट खड्गबहादुर सम्वाहाम्फे ले र कार्यक्रम का औचित्य वारे उपाध्यक्ष ले प्रस्ट पार्नु भयो ।

प्रदेशका अर्थमन्त्री इन्द्रबहादुर आङ्वो मौसम, सहितको विज्ञटोलीले महिना दिनअघि अनुगमन गरी प्रतिवेदन बनाएको थियो । प्रदेश–१ को मन्त्रिपरिषद्को बैठकले सुक्खाग्रस्त क्षेत्रमा खडेरीका कारण उत्पन्न समस्याबारे राहत प्याकेज तय गरेको हो ।

अनुगमन टोलीले तयार गरेको प्रतिवेदन स्वीकार गर्दै स्थानीय प्रभावित कृषकहरूलाई अल्पकालीन रूपमा राहत दिने घोषणा गरेको हो । प्रदेश सरकारले सुक्खाग्रस्त क्षेत्रका प्रभावित स्थानीयलाई दीर्घकालीन रूपमा सहयोग प्रदान गर्ने योजनासमेत निर्माण गरेको प्रदेश–१ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले जानकारी दिनुभयो ।

प्रदेश सरकारले खडेरीबाट अति प्रभावित तीन जिल्लाका चार स्थानीय तहका स्थानीयका लागि राहतको दीर्घकालीन योजनासमेत अघि बढाउने निर्णय भएको मन्त्री आङ्बोले जानकारी दिनुभयो ।

प्रदेश–१ सरकारले सुक्खाग्रस्त पाँचथरको तुम्बेवा गाउँपालिकामा खानेपानीको समस्या तत्कालका लागि हल गर्न एक थान खानेपानी बोक्ने ट्यांकर खरिदका लागि बजेट उपलब्ध गराउने निर्णयसमेत गरेको छ । यसअघि, खानेपानी समस्याको अल्पकालीन समाधानका लागि कुम्मायक गाउँपालिकाले ट्र्याक्टरको प्रयोग गरी स्थानीयलाई खानेपानी वितरण गर्दै आएको छ ।

असार र साउन महिनामा पानी नपरेपछि पाँचथरको कुम्मायक गाउँपालिका–१, ३, ४ र ५ तथा तुम्बेवा गाउँपालिकाको वडा नं. १, २ र ३ का स्थानीयले लगाएका बर्खे बाली बोटमै सुकेर सखाप भएको थियो । खडेरीका कारण तुम्बेवा गाउँपालिका–१ र २ का कृषक अत्यधिक रूपमा प्रभावित बनेका छन् ।

खडेरी प्रभावित क्षेत्रको प्रदेश–१ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो नेतृत्वको टोलीले गत भदौ दोस्रो साता स्थलगत अवलोकन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाकिस्तानको उत्तरपश्चिम क्षेत्रमा दुई अपरेशनमा ९ आतङ्कवादी मारिए सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता अवामी लिगबिनाको चुनाव ‘राज्याभिषेक’ मात्र : शेख हसिना संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना नेप्से परिसूचकमा १३ अङ्कको गिरावट माइतीघर मण्डलामा प्रदर्शनरत आठ जना प्रहरी नियन्त्रणमा गाँजासहित एकजना पक्राउ सुनको मूल्यमा नयाँ रेकर्ड पार्टीको महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा भाग लिनुपर्छ : महामन्त्री थापा ‘ग्रे लिस्ट’बाट बाहिर निस्किन भएका प्रगतिबारे प्रधानमन्त्रीको चासो नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौँ: मन्त्री खरेल सिंहदरबार धाइरहेका सहिदका बुबा भन्नुहुन्छः छोराको बलिदान खेर नजाओस् नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ ः सहसंयोजक नेपाल युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने