२०८३, १४ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

खडेरी प्रभावितलाई दशैँको मुखमा राहत प्रदान

२०७५, २७ आश्विन शनिबार ०७:१९

कमल घिमिरे | असोज २७, पाँचथर । चाडपर्वको बेला सुक्खा क्षेत्र प्रभावित पाँचथरको तुम्बेवा गाउँपालिकाका खडेरी प्रभावित लाई आज राहात रकम प्रदान गरिएको छ । 

प्रदेश–१ सरकारले पाँचथरको कुम्मायक र तुम्बेवा गाँउपालिकाका ३ सय ३५ खडेरी प्रभावित कृषकहरूका लागि राहत दिएको हो । जनही ५ हजार रुपैयाका दरले राहात रकम दिएको गाउँपालिका ३ का वडाअध्यक्ष कमल थापाले जानकारी दिनुभयो । 

डेण हप्ता अघि प्रदेश सरकारले सुख्खाग्रस्ता क्षेत्रका लागि राहात रकम दिने निर्णय गरेको थियो । दशैँ तिहारको समय दिएको बेला उनीहरुलाई राहात पनि प्रभावकारी हुने भएको हुँदा यो समयमा राहात दिएको गाउँपालिका प्रमुख होमनाथ थापाले बताउनुभयो ।

चाडपर्वको बेला राहात दिएको भन्दै जनप्रतिनधी र प्रदेश सरकारलाई स्थानियले धन्यवाद दिएका छन् ।

कार्यक्रममा गाउँपालिका उपप्रमुख धनप्रसाद साँवा,नेकपाका नेता खड्ग बहादुर सम्हाफे,इलाका प्रशासन कार्यालय प्रमुख सरेन्द्र थापा लगायतले मनतब्य ब्यक्त गर्नुभएको थियो । कार्यक्रम संचालन सचिव खगेन्द्र कटुवालले गर्नुभएको थियो ।

शुभकामना मन्तव्यमा इलाका प्रशासन कार्यलय प्रमुख सुरेन्द्र थापा ,सम्पूर्ण पार्टीको तर्फबाट खड्गबहादुर सम्वाहाम्फे ले र कार्यक्रम का औचित्य वारे उपाध्यक्ष ले प्रस्ट पार्नु भयो ।

प्रदेशका अर्थमन्त्री इन्द्रबहादुर आङ्वो मौसम, सहितको विज्ञटोलीले महिना दिनअघि अनुगमन गरी प्रतिवेदन बनाएको थियो । प्रदेश–१ को मन्त्रिपरिषद्को बैठकले सुक्खाग्रस्त क्षेत्रमा खडेरीका कारण उत्पन्न समस्याबारे राहत प्याकेज तय गरेको हो ।

अनुगमन टोलीले तयार गरेको प्रतिवेदन स्वीकार गर्दै स्थानीय प्रभावित कृषकहरूलाई अल्पकालीन रूपमा राहत दिने घोषणा गरेको हो । प्रदेश सरकारले सुक्खाग्रस्त क्षेत्रका प्रभावित स्थानीयलाई दीर्घकालीन रूपमा सहयोग प्रदान गर्ने योजनासमेत निर्माण गरेको प्रदेश–१ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले जानकारी दिनुभयो ।

प्रदेश सरकारले खडेरीबाट अति प्रभावित तीन जिल्लाका चार स्थानीय तहका स्थानीयका लागि राहतको दीर्घकालीन योजनासमेत अघि बढाउने निर्णय भएको मन्त्री आङ्बोले जानकारी दिनुभयो ।

प्रदेश–१ सरकारले सुक्खाग्रस्त पाँचथरको तुम्बेवा गाउँपालिकामा खानेपानीको समस्या तत्कालका लागि हल गर्न एक थान खानेपानी बोक्ने ट्यांकर खरिदका लागि बजेट उपलब्ध गराउने निर्णयसमेत गरेको छ । यसअघि, खानेपानी समस्याको अल्पकालीन समाधानका लागि कुम्मायक गाउँपालिकाले ट्र्याक्टरको प्रयोग गरी स्थानीयलाई खानेपानी वितरण गर्दै आएको छ ।

असार र साउन महिनामा पानी नपरेपछि पाँचथरको कुम्मायक गाउँपालिका–१, ३, ४ र ५ तथा तुम्बेवा गाउँपालिकाको वडा नं. १, २ र ३ का स्थानीयले लगाएका बर्खे बाली बोटमै सुकेर सखाप भएको थियो । खडेरीका कारण तुम्बेवा गाउँपालिका–१ र २ का कृषक अत्यधिक रूपमा प्रभावित बनेका छन् ।

खडेरी प्रभावित क्षेत्रको प्रदेश–१ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो नेतृत्वको टोलीले गत भदौ दोस्रो साता स्थलगत अवलोकन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी शोभा पाठक र महेश बस्नेतकी श्रीमतीबीच माइतीघरमा झडप सरकारको कार्यशैलीले नागरिक त्रसित हुनुपर्ने, दिक्दारी सृजना गर्ने अवस्था हुनु हुँदैन: प्रदीप पौडेल सुकुमबासी बस्तीमा आज पनि डोजर परिचालन कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे चयन शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता मन्त्रिपरिषद् बैठक बस्दै मोटरसाइकलको ठक्करबाट बाबु छोराको मृत्यु काँग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै कक्षा १२ को परीक्षा आजदेखि सुरु सुनचाँदीको मुल्य बढ्यो