२०८३, १० बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लोकसेवाको प्राविधिक तहमा दरखास्तै परेन !

२०७५, ६ कार्तिक मंगलवार ११:४८

नारायण ढु्ङ्गाना | कात्तिक ६, काठमाडौँ | लोकसेवा आयोगको एक सय बढी प्राविधिक पदमा दरखास्त नै पर्न सकेको छैन । गत वर्ष कूल विज्ञापनमध्ये १०१ विज्ञापनमा दरखास्त नपरेको लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले जानकारी दिनुभयो । उहाँका अनुसार दरखास्त नपरेका विज्ञापनमध्ये ६५ आन्तरिक प्रतियोगिताअन्तर्गतको छ । एउटा खुला प्रतियोगिता र ३५ समावेशी प्रतियोगिताका विज्ञापन छन् । 

अधिकांश प्राविधिक तहका विज्ञापनमा दरखास्त नपरेको आयोगले जनाएको छ । त्यसमा पनि धेरै स्वास्थ्य सेवा क्षेत्रका विज्ञापनमा दरखास्त परेका छैनन् । “एक त जनशक्ति नभएर नै नपरेका हुन्, अर्काे स्वास्थ्य शिक्षा विषय नेपालमै पढाइ नहुँदा दरखास्त नआएका हुन सक्छन्”, आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले भन्नुभयो । उहाँका अनुसार शिक्षाशास्त्र पढेकाबाट आएको दरखास्तले भने मान्यता नपाउँदा खाली हुन गएको हो । उक्त विषय भारतमा पढाइ हुन्छ । नेपालमा शिक्षा सङ्कायतर्फ स्वास्थ्यको पढाइ हुने गरे पनि मन्त्रालयको स्वास्थ्य सेवा ऐनले मान्यता दिँदैन । दरखास्त नपरेकामध्ये ५८ विज्ञापन स्वास्थ्य क्षेत्रका छन् । अधिकांश माथिल्लो तहमा खाली छ । 

केही इञ्जिनीयर, टाइपिष्ट, अमिन, अपरेटर, पशु स्वास्थ्यलगायत पदका विज्ञापन खाली रहे । चिकित्सक क्षेत्रका नवौंँ र एघारौंँ तहका बढी छन् । आयोगको केन्द्रीय कार्यालयअन्तर्गतका ६८ विज्ञापन र धनकुटा, हेटाँैडा, पोखरा र जुम्ला कार्यालयका तीन तीन विज्ञापनमा दरखास्त परेन । 

इलाम, बागलुङ, दाङ, सुर्खेत, दिपायल र भीमदत्तनगर कार्यालयका दुई दुई तथा खोटाङ र काठमाडाँै कार्यालयका चार चार एवं जलेश्वरको एक विज्ञापन खाली रहेको सुवेदीले जानकारी दिनुभयो । 

एउटा मात्रै खुला प्रतियोगिता रहेको नवौंँ तहको कन्सल्टेण्ट सर्जिकल ग्याष्ट्रो इन्टेरोलोजिष्ट पदमा दरखास्त परेन । समावेशीतर्फ अपाङ्गतातर्फ तीन, महिलातर्फ ११, दलितर्फ ११, मधेसी र आदिवासी जनजाति तीन तीन विज्ञापनमा दरखास्त परेन । अन्य भने आन्तरिक प्रतियोगिताका विज्ञापन छन् । 

आयोगका प्रवक्ता किरणराज शर्माले गत आर्थिक वर्ष कूल पाँच हजार ९७० पदका लागि एक हजार २०४ र समावेशी प्रतियोगितातर्फ एक हजार ८०७ विज्ञापन खुलाइएको जानकारी दिनुभयो । त्यसमा कूल पाँच लाख ६७ हजार ८५३ दरखास्त परेको थियो । 

अघिल्लो आवभन्दा गत वर्ष दरखास्तमा ३३ प्रतिशतले कमी आएको छ । सबैभन्दा बढी दरखास्त खरिदार पदमा एक लाख ४६ हजार ४७६ छ । सबैभन्दा बढी प्रदेश नं २ बाट कूल दरखास्तको २५ प्रतिशत छ जसमा २१–२५ वर्ष उमेर समूहका ३८ प्रतिशतले दरखास्त दिएका थिए । 

दरखास्त परेकामध्येबाट कूल सात हजार ७१८ जनालाई स्थायी नियुक्तिका लागि सिफारिश गरिएको छ जसमा दुई हजार ४६५ (३२ प्रतिशत) महिला छन् । प्रदेश नं २ बाट सबैभन्दा बढी २० प्रतिशत स्थायीका लागि सिफारिश भएका छन् । समावेशीतर्फ तीन हजार २४४ सिफारिश भए । गत आठ वर्षमा ४१ हजार ६८ स्थायी नियुक्तिमा सिफारिश भएका छन् । सुरक्षा निकाय तथा सङ्गठित संस्थातर्फ तीन लाख ६९ हजार ८५७ मध्ये लिखित परीक्षामा एक लाख ५९ हजार ४२६ सहभाग थिए । आयोगका प्रवक्ता शर्माका अनुसार आयोगले त्रिवर्षीय रणनीतिक योजना कार्यान्वयनमा ल्याएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ कानूनमन्त्री गौतमसँग जापानका राजदूतको भेट मन्त्रिपरिषद् बैठकको तीन निर्णय सार्वजनिक विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै सुन-चाँदीको मूल्य घट्यो राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा